Siraha Times
ताजा समाचार

नवलपरासी काठमाण्डौ सम्पर्क समन्वयन समितिको भेला आयोजक समिति गठन

  • फागुन १४, २०७९
  • ९८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ फागुन १४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन नवलपरासी काठमाण्डौ सम्पर्क समन्वयन समितिको २५ सदस्यीय भेला आयोजक समिति गठन भएको छ । शनिवार नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य लिलाधर रिमालको अध्यक्षतामा विभिन्न कामका सिलशिलामा काठमाण्डौ आएर बसेका मानिसहरुको बिच काठमाण्डौको बागबजारमा भएको एक भेलाले नवलपरासी काठमाण्डौ सम्पर्क समन्वयन समितिकाको २५ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ । भेला आयोजक समितीको संयोजकमा रिंकी पंगेनी रहनु भएको छ भने समितीको कार्यालयमा सुनवल नगरपालिकाबाट लक्ष्मी पौडेल, रामग्राम नगरपालिकाबाट घिरज कुमार, वर्दघाट नगरपालिकाबाट अर्जुन विक, प्रतापपुर र सस्ताबाट विनोद यादव, पाल्हीनन्दनबाट संदिप कुमार यादव एवं सरावलका लागि मुकेश चौधरी लगाएतको ८ जनाको कार्यालय समिटी गठन गरिएको लुम्बिनी समन्वयन समितीका उपाध्यक्ष उदय अधिकारीले बताउनुभयो । ८ जनाको कार्यालय समिति रहेको नवलपरासी काठमाण्डौ सम्पर्क समन्वयन समिति २५ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१