पाल्हीनन्दनमा प्रथम राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता २०७९ शुरु

  • फागुन ११, २०७९
  • ७५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ फागुन ११ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता २०७९ शुरु भएको छ । पाल्हीनन्दन गाउँपालिकाको आयोजनामा वडा २ स्थित हरपुर माध्यमिक विद्यालय हरपुरको खेल मैदानमा बुधबार एक भव्य समारोह बिच समुदघाटन भई प्रतियोगिता संचालनमा भएकाे छ । गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षतामा शुरु भएको राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादवको प्रमुख आतिथ्यतामा संचालन भएको हो । प्रतियोगिताको समन्वय प्रमुख यादवले उद्दघाटन गर्दै खेलाडी टिमहरुलाई सलामी पेश गर्दै खेलाडी समुहरुलाई खेलका आचार संहिता पाल्ना गर्न र खेलको नम्समा रही खेल खेल्न भनि खेलाडीहरुलाई समथ ग्रहण समेत गराउनुभयो ।

प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरि कुल १५ वटा विद्यालयका सहभागिता रहेको छ भने २ दिनसम्म संचालन रहने यस प्रतियोगितामा भलिभल, कपर्दि, दौड, उफ्रने र फ्याक्ने, र्हाइजम्प, लंङ जम्प, ट्रिपल जम्प, ज्याल्भिंग थ्रो, सटफुट, मार्सल आर्ट लगायतको खेल खेलाईने छ । खेल प्रतियोगितामा प्रथम हुने टिमलाई पुरस्कार, कप, सिल्ड, मेडल र प्रमाण पत्रहरु प्रदान गरिने गाउँपालिकाले जनाएकाे छ । प्रतियोगिता उद्दघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता , प्रमुख अतिथि भगौती प्रसाद यादव, उपाध्यक्ष फातुमा खातुन अंसारी, प्रमुख जिल्ला अधिकारी, विश्वप्रकाश अर्याल लगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

नदीमा बाढी तर किसानक ...

लहान, भदौ १२ । नदीमा पानी बगिरहेको छ तर किसानका खेत भने सुख्खा छन् । सिरहाका विभिन्न ठाउँका किसानहरू ...

सुखीपुर नगर प्रमुखमा ...

लहान, भदौ १२ । सुखिपुर नगरपालिकाका नगर प्रमुख रामअवतार यादवमाथि गम्भीर भ्रष्टाचार, अनियमितता र दुरुप ...

लहान १७ सचिव विहिन ...

ओम प्रकाश यादव लहान, भदौ ११ । सिरहा जिल्लाको लहान नगरपालिका–१७ को वडा कार्यालय पछिल्ला दिनहरूम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१