ताजा समाचार

पाल्हीनन्दनमा प्रथम राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता २०७९ शुरु

  • फागुन ११, २०७९
  • ९७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ फागुन ११ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता २०७९ शुरु भएको छ । पाल्हीनन्दन गाउँपालिकाको आयोजनामा वडा २ स्थित हरपुर माध्यमिक विद्यालय हरपुरको खेल मैदानमा बुधबार एक भव्य समारोह बिच समुदघाटन भई प्रतियोगिता संचालनमा भएकाे छ । गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षतामा शुरु भएको राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादवको प्रमुख आतिथ्यतामा संचालन भएको हो । प्रतियोगिताको समन्वय प्रमुख यादवले उद्दघाटन गर्दै खेलाडी टिमहरुलाई सलामी पेश गर्दै खेलाडी समुहरुलाई खेलका आचार संहिता पाल्ना गर्न र खेलको नम्समा रही खेल खेल्न भनि खेलाडीहरुलाई समथ ग्रहण समेत गराउनुभयो ।

प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरि कुल १५ वटा विद्यालयका सहभागिता रहेको छ भने २ दिनसम्म संचालन रहने यस प्रतियोगितामा भलिभल, कपर्दि, दौड, उफ्रने र फ्याक्ने, र्हाइजम्प, लंङ जम्प, ट्रिपल जम्प, ज्याल्भिंग थ्रो, सटफुट, मार्सल आर्ट लगायतको खेल खेलाईने छ । खेल प्रतियोगितामा प्रथम हुने टिमलाई पुरस्कार, कप, सिल्ड, मेडल र प्रमाण पत्रहरु प्रदान गरिने गाउँपालिकाले जनाएकाे छ । प्रतियोगिता उद्दघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता , प्रमुख अतिथि भगौती प्रसाद यादव, उपाध्यक्ष फातुमा खातुन अंसारी, प्रमुख जिल्ला अधिकारी, विश्वप्रकाश अर्याल लगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤