जनता रा.मा.वि.को ६१औं वार्षिकोत्सव सम्पन्न, भरत सिंह पेलाले गरे अक्षय कोष स्थापना

  • फाल्गुन ६, २०७९
  • ५९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं, फाल्गुन ६ श्री जनता राष्ट्रीय मा. वि. कैलालीगाउँको ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ फाल्गुन ४ गते सम्पन्न भएको छ । विव्यस अध्यक्ष विनोद पन्तको सभापतित्व र कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य माननीय डिल्ली राज पन्तको प्रमुख अतिथ्यमा कार्यक्रम सञ्यालन गरिएको थियो। त्यस्तै विशिष्ट अतिथिमा धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयर नृप बहादुर वड र वडा नं. १३ का वडा अध्यक्ष विजय राज जोशी हुनु हुन्थ्यो ।त्यस्तै अतिथिका रूपमा समाजसेवी हरिश खड्कालगायत थुप्रै शिक्षाप्रेमी, समाजसेवी व्यक्तित्वहरूको उपस्थिति थियो ।यस कार्यक्रममा सम्पूर्ण शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरूलाई वितरण गरिएका पुरस्कारहरूका लागि आर्थिक सहयोग अमेरिकी सेनामा कार्यरत श्री भरतसिंह पेलाले गरेका थिए । यसअघि उनले यसै बर्ष जेठ ३१ गते पनि यस विद्यालयका ४० जना गरिब जेहेन्दार विद्यार्थीहरूलाई स्टेशनरी र विद्यालय पोषाक विद्यालयमा आफै उपस्थित भएर वितरण गरेका थिए ।

यस वार्षिकोत्सवको अवसरमा पेलाले रू ५१,१०५/ अक्षरेपी एकाउन्न हजार एक सय पाँच को अक्षयकोष स्थापना गरेका छन् भन्ने कुरा विद्यालयका सहायक प्रधानाध्यापक गणेशप्रसाद जोशीले मञ्चबाट जानकारी गराउनु भयो । यस अक्षय कोषको ब्याजबाट विद्यालयका जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन स्वरूप हरेक वर्ष केही रकम छात्रवृत्तिका रूपमा वितरण गरिने छ । यस विद्यालयका प्रधानाध्यापक श्री कृष्णसिंह पेलाका सहोदर भाइ समाजसेवी भरतसिंह पेलाले यस्तै गरी अनेक ठाउँमा आर्थिक सहयोग गर्दै आएका छन् र उनी भन्छन् आफू विदेशमा रहे पनि आफ्नो जन्मभूमिका लागि, आफ्नो मातृभूमिका लागि आफूले सकेको सहयोग गर्नुपर्छ, म गरिरहने छु । यसका साथै विद्यालयका पूर्व विद्यार्थी टेक बहादुर साउदले पनि रू ११,१११/ को अक्षय कोष स्थापना गरी सहयोग गरेका छन् ।

प्रतिनिधि सभा सदस्य माननीय डिल्लीराज पन्तले शिक्षा महत्वपूर्ण कुरा हो तर अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरूलाई अगाडि बढाउन सक्यो भने यसले विद्यालयको चौतर्फी विकासमा थप टेवा पुग्न सक्छ भन्नुभयो । विद्यालयको भौतिक एवम् शैक्षिक विकासका लागि प्राथमिकताका आधारमा स्पष्ट योजना बनाउने र ती मध्ये मैले के गर्नु पर्छ, म सहयोग गर्न तयार छु , मलाई विद्यालयले अवसर दिनुपर्छ। यसको विकास र समृद्धिमा मेरो पनि सहभागिता अवश्य होस् भन्दै वहाँले विद्यालयको विकास र समृद्धिका लागि सदीक्षा प्रकट गर्नु भयो।

विशिष्ट अतिथि निवर्तमान मेयर नृप बहादुर वडले आफू पदमा रहँदा यस विद्यालयलाई पहिलो प्राथमिकतामा राखेको र यस विद्यालयको विकास र समस्याहरूको समाधान गर्नमा आफ्नो साथ र सहयोग सधैं रहनेछ भन्ने आश्वासन दिनु भयो । त्यस्तै अन्य वक्ताहरूले पनि विद्यालयको विकासप्रति चिन्ता र चासो प्रकट गर्नुका साथै भरतसिंह पेलाले गर्दै आएको सहयोग एवम् यस अक्षय कोषको स्थापनाले यस समुदायका समाजसेवी, अभिभावक तथा सहयोग दाताहरूलाई विद्यालयको विकासतर्फ थप प्रेरित गर्नेछ र विद्यार्थीहरूलाई पनि यस विद्यालयमा पढ्नका लागि प्रोत्साहित गर्नेछ भन्ने विचार व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

स्कुल बस अनियन्त्रित ...

जग जीवन राम सुरुङ्गा २१ बैशाख । सप्तरीको खडक नगर पालिकामा विद्यालय बस दुर्घटना भएको हो भने मानवीय क् ...

सप्तरीको महदेवा चिमट ...

ओम प्रकाश यादव / सन्जु कुमारी दास लहान २१ वैशाख । मुक्ति नेपाल गोलबजार सिरहा र नागरीक आवाज ललित ...

सप्तरीको अग्निपीडितल ...

सप्तरी , बैशाख २० । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्ट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१