Siraha Times
ताजा समाचार

कर्जाको तनावले आत्महत्या गरेकी शान्ता कुमारी भुजेलका परिवारलाई मञ्चको खाद्यान्य सहयोग

  • फागुन ६, २०७९
  • ८१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कञ्चनपुर,फागुन ६ गते । वित्तीय संस्थाको कर्जाको तनावले आत्महत्या गरेकी सप्तरीको कञ्चनरुप नगरपालिका ९ की ५८ वर्षीय शान्ता कुमारी भुजेलका परिवारलाई शनिबार दलित सरोकार मञ्च नेपालले सहयोग गरेको छ । वित्तिय संस्थाहरु र स्थानीय व्यक्तिहरुसँग समेत अत्यधिक कर्जा लिएका भुजेल गत आईतबार रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन । लघुवित्तहरु र तथा साह महाजनले ऋण तिर्न दिएको दबाबका कारण शान्ताले आत्महत्या गरेपछि काजक्रिया गर्न समेत समस्या भएको जानकारी पाएपछि मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले कञ्चनरुप नपाकी उपप्रमुख मुनाकुमारी पोखरेल,कञ्चनरुप ९का वडाअध्यक्ष रामसुन्दर यादब,कार्यपालिका सदस्य शोपा पासवान समेतको उपस्थितीमा खाद्यान्य सहयोग गरेका हुन् ।

मञ्चले मृतक परिवारलाई सय किलो चामल,४० किलो गहुँको पिठो,३ केजी दाल,२ केजी नून,तेल एक लिटर र ५ पिस साबुन सहयोग स्वरुप दिइएको मञ्चका जिल्ला संयोजक राजकुमार पासवाने बताए । सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी वडाअध्यक्ष रामसुन्दर यादबले सम्पतिको नाममा रहेका १० धुर जग्गा समेत अर्कैको नाममा रहेकोले त्यसलाई फिर्ता गर्न सबैले सहयोग गर्नुपर्ने बताए । मञ्चले कञ्चनरुप नपाका विपन्न गरिब परिवारका छोरीको विवाह र संस्कारमा खाद्यान्य सहयोग गर्दै आएका छन् । बितेको एक वर्षमा २ सय विपन्न परिवारको छोरीको विवाह र करिब ३ सय परिवार विपन्नलाई क्रियामा खाद्यान्य सहयोग गरेका जिल्ला संयोजक पासवानले बताए । मृतक भुजेल घर वाट आफन्त भेट्न धरमपुर बितेको आईतबार बिहान घरभन्दा करिब २ सय मिटर पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । परिवारका अनुसार ८ वटा लघुवित्तबाट गरी १३ लाख ३५ हजार रुपैयाँ ऋण लिएका उनी घर वाट सबै समान लघुवितले लिएर गएपछि तनावमा थिए । घरमा पैसाको अभाब भएपछि दुई एउटा लघुवितबाट कर्जा लिएको थियो पछि छोरीको बिहे गर्न ३ कि चार वाट लघुवितवाट कर्जा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१