ताजा समाचार

उज्जवल समाज कल्याण समिती द्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

  • फागुन १, २०७९
  • १२६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उज्जवल समाज कल्याण समिती द्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न भएकोछ।   विभिन्न कारण ले दिनप्रतिदिन  प्रदुषण बढदै गइरहेको प्रती ध्यानाकर्षण भइ एक सामाजिक संस्था द्वारा कार्यक्रम बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। यहि गत शनिबार माघ २८ गते बिष्णुपुर गा. पा.-४ थल्हा बथानटोल निवासी बाबुनाथ यादव को सुपुत्री बबि कुमारी यादव र अखलेश यादव को वैवाहिक कार्यक्रम को शुभ अवसरमा वर तथा वधु लाई शुभकामना सहित वर वधु द्वारा  उज्जवल समाज कल्याण समिती ले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न कारण ले वातावरण मा प्रदुषण बढदै गइरहेको ले उज्जवल समाज कल्याण समिती द्वारा पर्यावरण बचाउ अभियान लाई ग्राहयता दिदै  गत बर्ष देखि शैक्षिक कार्यक्रम ,सरसफाइ , जनचेतना मुलक कार्यक्रम तथा बृक्षारोपण कार्यक्रम हरु पटक पटक गर्दै आइरहेको छ। प्राणी मात्रको  बाँच्न हरियो वनजंगल अर्थात हरियो वृक्ष अति आवश्यक रहेकोले बृक्षारोपण कार्यक्रम लाई राज्य द्वारा नै ग्राहयता दिनुपर्ने कार्यक्रम मा सहभागी समाजसेवी हरुको धारणा रहेको थियो। त्यस्तै समाजमा बढदै गइरहेको विभिन्न सामाजिक समस्या हरु सामाजिक भेदभाव,सामाजिक कुप्रथा,  सामाजिक विकृतिविसंगती , अशिक्षा, तथा बेरोजगार न्यूनीकरण गर्न यस संस्थाको मुल उदेश्य रहेको छ। बिषुपुर- ४ अन्तर्गत को देश तथा बिदेशमा रहनुभएका समाजसेवी युवाहरु क्रियाशिल भइ गाउँ सुधार गर्न पहल गरिरहेका छन। श्री उज्जवल समाज कल्याण समिती बिष्णुपुर गाउँपालिका-४ सिरहा नेपाल।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤