नवलपरासीको मदार बाबा मेला शुक्रबारदेखि सुरु

  • माघ २६, २०७९
  • १००४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ माघ २६ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ महलबारी स्थित आस्थाकाे रुपमा रहेकाे मदार बाबा मेला हिन्दु र मुस्लिमहरु दुबैकाे साझाको केन्द्रको रुपमा विकसित रहेकाे मदार बाबा मेला यस वर्ष माघ २७ गते शुक्रबारदेखि सुरु हुने भएकाे छ । मदार बाबा मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे आयाेजक कमिटीले जनाएकाे छ । मेलामा आउने श्रद्धालुहरुका लागि बिरामी हुने हरुकाे लागि नि:शुल्क उपचार शिविर, खानेपानी, राति बस्नेहरुलाई बासकाे सुविधा, शाैचालयकाे सुविधा साथै सुरक्षाकाे लागि अधिक्तम मिलाईकाे बताईएकाे छ । मेलामा नेपालकाे काठमाडौं, पाेखरा, रुपन्देही, पाल्पा, चितवन, नवलपरासी, कपिलवस्तु लगात भारतकाे उत्तरप्रदेश, बिहार, दिल्ली, मुंबई, बंगाल लगाएतकाे स्थानहरुबाट करिव १८ लाख भन्दा बढी श्रद्धालु भक्तजनहरु आउने अनुमान गरिएकाे छ । माैसम सफा रहेकाेले विगतका वर्षहरु भन्दा यस वर्ष अझ बढी श्रद्धालु आउने विश्वास गरिएकाे आयाेजक मेला कमिटीका अध्यक्ष लाल माेहम्मद अन्सारीले बताएका छन् ।

मदार बाबाकाे वास्तविक नाम हजरत बदिउद्दिन शाह रहमतुल्लाह अलैह् कुतुबुल मदार शाह हाे । याे मेला मुस्लिम मान्यता अनुसार महान ऋषि वदिउद्दिन शाहकाे ६०६ ओैं वर्षिकिकाे रुपमा मनाइदै छ । याे मेला मुस्लिम समुदायकाे भएपनि यसलाई हिन्दु र मुस्लिमकाे आस्थाकाे केन्द्र मानिने गरिन्छ । मदारबाबाकाे मजारमा भाकल, दुख तथा मनाेकामना लिएर आउने श्रद्धालुहरुकाे भाकल तथा मनाेकामना पुरा हुने र सन्तान नहुने दाम्पतीले सन्तान पाउने तथा दुखियाकाे दुखहरण मुल्य मान्यता र विश्वास भएकाे मदार बाबाका मठाधिश बाबा अमिरुल्लाह अन्सारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

बरियारपट्टी वडा नं. ...

ओम प्रकाश यादव, लहान अषाढ २७ । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा आ.व. २०८१/८२ को ...

श्री मावि पडरिया थार ...

ओम प्रकाश यादव, लहान, असार २७ । शिक्षा क्षेत्रमा प्रविधिमैत्री र नविनतम अभ्यासलाई आत्मसात गर्ने क्रम ...

बालश्रम मुक्त स्थानी ...

रहमुल लहान २७ असार । सिरहाको लहान बिशाल होटेलको सभा हलमा "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१