ताजा समाचार

नवलपरासीको मदार बाबा मेला शुक्रबारदेखि सुरु

  • माघ २६, २०७९
  • १३१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ माघ २६ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ महलबारी स्थित आस्थाकाे रुपमा रहेकाे मदार बाबा मेला हिन्दु र मुस्लिमहरु दुबैकाे साझाको केन्द्रको रुपमा विकसित रहेकाे मदार बाबा मेला यस वर्ष माघ २७ गते शुक्रबारदेखि सुरु हुने भएकाे छ । मदार बाबा मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे आयाेजक कमिटीले जनाएकाे छ । मेलामा आउने श्रद्धालुहरुका लागि बिरामी हुने हरुकाे लागि नि:शुल्क उपचार शिविर, खानेपानी, राति बस्नेहरुलाई बासकाे सुविधा, शाैचालयकाे सुविधा साथै सुरक्षाकाे लागि अधिक्तम मिलाईकाे बताईएकाे छ । मेलामा नेपालकाे काठमाडौं, पाेखरा, रुपन्देही, पाल्पा, चितवन, नवलपरासी, कपिलवस्तु लगात भारतकाे उत्तरप्रदेश, बिहार, दिल्ली, मुंबई, बंगाल लगाएतकाे स्थानहरुबाट करिव १८ लाख भन्दा बढी श्रद्धालु भक्तजनहरु आउने अनुमान गरिएकाे छ । माैसम सफा रहेकाेले विगतका वर्षहरु भन्दा यस वर्ष अझ बढी श्रद्धालु आउने विश्वास गरिएकाे आयाेजक मेला कमिटीका अध्यक्ष लाल माेहम्मद अन्सारीले बताएका छन् ।

मदार बाबाकाे वास्तविक नाम हजरत बदिउद्दिन शाह रहमतुल्लाह अलैह् कुतुबुल मदार शाह हाे । याे मेला मुस्लिम मान्यता अनुसार महान ऋषि वदिउद्दिन शाहकाे ६०६ ओैं वर्षिकिकाे रुपमा मनाइदै छ । याे मेला मुस्लिम समुदायकाे भएपनि यसलाई हिन्दु र मुस्लिमकाे आस्थाकाे केन्द्र मानिने गरिन्छ । मदारबाबाकाे मजारमा भाकल, दुख तथा मनाेकामना लिएर आउने श्रद्धालुहरुकाे भाकल तथा मनाेकामना पुरा हुने र सन्तान नहुने दाम्पतीले सन्तान पाउने तथा दुखियाकाे दुखहरण मुल्य मान्यता र विश्वास भएकाे मदार बाबाका मठाधिश बाबा अमिरुल्लाह अन्सारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤