Siraha Times
ताजा समाचार

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसमा मदरसाका विधार्थीलाई शैक्षिक सामग्री

  • माघ २२, २०७९
  • ७१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी कपिलवस्तुले मदरसामा अध्यानरत विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । आइतबार संगठनको स्थापना दिवसको अवसरमा जिल्ला शाखा कपिलवस्तुले बाणगंगा नगरपालिका ८ बालापुर स्थित मदरसा बरकतिया आधारभुत विद्यालयमा अध्यानरत ४५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको प्रेस चौतारी नेपाल कपिलवस्तु शाखा अध्यक्ष जानु पाण्डेले बताउनुभयो । शैक्षिक सामाग्री वितरण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले राज्यले सामुदायीक विद्यालयमा गरेको लगानी अनुसार प्रतिफल पाउन नसकेको बताउनुभयो। अबको लडाई भनेको सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने लडाई हुनुपर्ने जिकिर गर्नुभयो। सामुदायीक विद्यालयमा अध्यान गर्ने विद्यार्थीले राष्टिय अन्तराष्टिय लेभलमा प्रतिशप्रर्धा गर्न सक्ने गरि नै शिक्षाको गुणस्तर कायम गर्दै लौजानु पर्ने उहाँको भनाई थियो। बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरले शिक्षामा सबैभन्दा बढि बजेट विनियोजन गरेको बताउदै शिक्षाले नै विकासको अनुभूति गराउने बताउनुभयो। प्रेस चौतारी नेपाल कपिलवस्तु शाखा अध्यक्ष जानु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीको प्रमुख आथित्यता, प्रेस चौतारी नेपाल कपिलवस्तु शाखा संस्थापक अध्यक्ष एवम वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, वाणगंगा नगरपालिकाका वडा ८ का वडा अध्यक्ष बाबुराम अर्याल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

कर्जन्हा नगरपालिकामा ...

ओम प्रकाश यादव लहान वैशाख ८ । कुपोषण न्यूनीकरण तथा बालबालिका,गर्भवती र सुत्केरी महिलाको पोषण अवस्थाम ...

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१