पर्साको पकहामैनपुरमा पहिलो उपाध्यक्ष टी–२० क्रिकेट टुनामेन्ट प्रतियोगिता

  • माघ ६, २०७९
  • ११३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ६ माघ पर्साको पाकाहा मैनपुर गाउँपालिका वडा नं ५ सबैठवा खेलमैदानमा जारी पहिलो उपाध्यक्ष टी–२० क्रिकेट टुनामेन्ट प्रतियोगिताको उदघाटन गरिएको छ। उपाध्यक्ष टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिताको उदघाटन प्रमुख अतिथि रहनु भएका नेपाली काँग्रेसका नेता एवम पकहामैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहता र गाउँपालिका उपाध्यक्ष सरफुन नेशा खातुनले फिता काटेर उदघाटन गर्नु भएको थियो। डायमन्ड क्रिकेट कल्ब सबैठवाको आयोजना गरिएको उपाध्यक्ष टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथी मेहताले भने खेल बाट मस्तिक र शारीरिक बिकास हुन्छ। उनले भने, ‘खेलले गर्दा रोगहरु लागदैन शरीर फुर्तिलो र स्वस्थ बनाउनुको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउछ ।’ देशमा भौतिक बिकासको साथै खेलको बिकासमा युवाहरुको आवश्यकता रहेको प्रमुख अतिथि मेहताले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एव महाधिबेशन प्रतिनिधि पुर्व गाबिस अध्यक्ष नसरुलाह मियाँ ले भने यो पहिलो उपाध्यक्ष टि २० क्रिकेट टुनामेन्ट हो अब आउने दिन प्रतेक वर्ष गराउने प्रतिबधाता गर्नु भएको हो । अब देखि आफ्नो गाउँपालिकामा लगनसिल युवा हरु खेलमा सहयोग गरि टिम त्यार गर्न जोड दिनु भएको हो। यो खेल मैदान को रक्षण हाम्रो दायत्व हो यसको सरक्षण को लागि १५ लाख रकम गाउँपालिका बाट राखसएको छ। अगामी बजेट मा बाउन्डरी को लागि रकम छुटयाउने समेत जानकारी दिनु भएको हो। प्रतियोगताको उद्घाटन कार्यक्रम गाउँपालिका उपाध्यक्ष सरफुलनेश खातुनको अध्यक्षतामा भएको थियो।कार्यक्रममा वडा अध्यक्ष बलिराम चौरसिया,ढेरी यादव,संजय चौहान ,मुटुक चौहान, बिनोद मेहता,नेपाली काँग्रेस का युवा नेता राकेश कुशवाहा, किरण दास तत्वा, औसिम आलम मियाँ ,अनिल साह,जाकिर हुसेन पत्रकार,सुरक्षाकर्मी, कर्मचारी लगायत को सहभागिता रहेको थियो। आज को खेल पोखरिया र कालिकामाई गाउँपालिका बिच भएको थियोे ।आज को खेलमा पोखरिया ले जित हासिल गरेका छन।पोखरिया क्रिकेट टिम लेपहिलो बैटिंग गरि १२५ रन बनाएको थियो भने प्रतिउतरमा कालिकामाई गाउँपालिका ले ११० रन बनाएर १८.३ बलमा औलबिकेट गुमाएर पराजित भएको थियो। आज को खेलमा मैन औफदी मैच बिकास साह भएको हो । भोलिको खेल धोबिनी गाउँपालिका र बहुदरमाई बिच हुने अायोजक कमिटिले जनाए का छन।

प्रतिक्रिया दिनुहोस

दोस्रो सुरुङा राष्ट् ...

ओम प्रकाश  यादव लहान , फागुन ५ । महिला तथा बालबालिका सशक्तीकरणलाई मूल नारा बनाउँदै दोस्रो सुरुङ ...

सुरुङा न.पा.मा नवनिर ...

लहान फाल्गुण ४। सुरुङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कुशहामा नवनिर्मित प्रशासकीय भवनको समु ...

उखु खेतीमा आगलागी, म ...

लहान, फागुन ४ । लहान नगरपालिका–१३ मा उखु खेतीमा आगलागी हुँदा स्थानीय किसानहरूलाई ठूलो क्षति पु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१