बिनोद मण्डल माघ ५ । निर्दयी पनाको अन्तिम सीमा नाघ्दै आएको हाम्रो समाजमा निर्दोष शिशुहरू प्रति किन गरिन्छ अत्याचार ? अबैध सम्बन्धबाट जन्मिएका शिशुलाई निर्मम तरिकाराले चिसोको समयमा यसरी झाडीमा फाल्ने आमा बुवा काे हाेला ? सिराहाको वारियरपट्टीमा केही महिना अगाडि फालिएको अवस्थामा एक नवजात शिशु फेला परेको थियो भने गत वर्ष धनगढीमाईको जिरो माइलमा समेत शिशु फेला परेको घटना सेलाउन नपाउँदै फेरि सिरहाको मिर्चैयामा नवजात शिशु फालिएको अवस्थामा फेला पर्नु चिन्ताको विषय बनेको छ । सिरहाको मिर्चैया नगरपालिका वडा नं.६ फुलबरीयाँ जाने बाटाेमा रूखको झारिमा नवजात शिशु(छाेरा) फालेको अवस्थामा फेला परेको छ । अाज दिउँसो करीब १५.३० बजेको समयमा मिर्चैयाको वडा नं ६ मटियर्वा स्थित पूर्व पश्चिम राजमार्गको उत्तरमा करिब सडकदेखि २०/२५ मिटरको दूरीमा झाडीमा लुगाले बेरेर फालेको अवस्थामा नवजात शिशुलाई स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए । तत्काल घटनास्थलमा पुगेका प्रहरीका अनुसार शिशुको मृत्यु भइसकेको हुनाले घटना मुचुल्का उठाइ पोस्टमार्डमका लागि लाहान सरकारी अस्पताल लगिएको प्रहरीले जनाएको छ भने घटाना बारेमा थप अनुसन्धान भइरहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
मारवाडी महिला मञ्च लहानद्वारा आयोजित सावन मेला : महिला उद्यमशीलता, आत्मनिर्भरता र सांस्कृतिक एकताको सन्देश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic