सिरहाको मिर्चैयामा नवजात शिशु फालिएको अवस्थामा फेला

  • माघ ५, २०७९
  • ११०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल माघ ५ । निर्दयी पनाको अन्तिम सीमा नाघ्दै आएको हाम्रो समाजमा निर्दोष शिशुहरू प्रति किन गरिन्छ अत्याचार ? अबैध सम्बन्धबाट जन्मिएका शिशुलाई निर्मम तरिकाराले चिसोको समयमा यसरी झाडीमा फाल्ने आमा बुवा काे हाेला ? सिराहाको वारियरपट्टीमा केही महिना अगाडि फालिएको अवस्थामा एक नवजात शिशु फेला परेको थियो भने गत वर्ष धनगढीमाईको जिरो माइलमा समेत शिशु फेला परेको घटना सेलाउन नपाउँदै फेरि सिरहाको मिर्चैयामा नवजात शिशु फालिएको अवस्थामा फेला पर्नु चिन्ताको विषय बनेको छ । सिरहाको मिर्चैया नगरपालिका वडा नं.६ फुलबरीयाँ जाने बाटाेमा रूखको झारिमा नवजात शिशु(छाेरा) फालेको अवस्थामा फेला परेको छ । अाज दिउँसो करीब १५.३० बजेको समयमा मिर्चैयाको वडा नं ६ मटियर्वा स्थित पूर्व पश्चिम राजमार्गको उत्तरमा करिब सडकदेखि २०/२५ मिटरको दूरीमा झाडीमा लुगाले बेरेर फालेको अवस्थामा नवजात शिशुलाई स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए । तत्काल घटनास्थलमा पुगेका प्रहरीका अनुसार शिशुको मृत्यु भइसकेको हुनाले घटना मुचुल्का उठाइ पोस्टमार्डमका लागि लाहान सरकारी अस्पताल लगिएको प्रहरीले जनाएको छ भने घटाना बारेमा थप अनुसन्धान भइरहेको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

लहानमा मेयर चौधरीद्व ...

ओम प्रकाश यादव लहान, ७ कात्तिक । सिरहाको लहान नगरपालिका वडा नम्बर २१ अन्तर्गत कलाबञ्जर र बेतहा गाउँक ...

कृष्णानगरमा नागरिकको ...

कृष्णनगर, कपिलवस्तु, कार्तिक ७ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वे ...

दिपावली,भाइ टिका, छठ ...

रहमुल लहान ५ कार्तिक । दीपावली, भाइ टिका, छठ र सामाचकेवा नेपाल र भारतको संस्कृति र परम्परामा गह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१