Siraha Times
ताजा समाचार

पर्साको जिराभवानी र पटेर्वासुगौली गाउपालिकामा आज माघी खिचडी महोत्सव

  • माघ २, २०७९
  • ९९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा १ माघ पर्साको जिराभवानी र पटेर्वासुगौली गाउपालिकामा आज माघी खिचडी महोत्सव एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। थारू संस्कृति तथा उत्थान मञ्च शंकरसरैया को अायोजना तथा जिराभवानी गाँउपालिकाको सहयोगमा माघी महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन। जिराभवानी गाउँपालिका वडा नं ५ को वडाध्यक्ष दारा सिंह राउत थारुकोअध्यक्ष्ातामा भएको कार्यक्रम का प्रमुख अतिथी प्रदेश सभासद शंकर चौधरीको प्रमुख आतिथ्यमा महोत्सव सम्पन्न भएका छन।सो कार्यक्रम थारुको परम्परागत पहिरन, पौराणिक कालदेखि प्रयोग गर्दै आए बिभिन्न सामग्रीहरुको प्रदर्शन गरिएका थिए। यसका साथसाथै कार्यक्रममा थारु संस्कृति अन्तर्गत लोप हुदै गएका झमटा, घाटो लगायतका गित प्रदर्शश गरिएका थिए। कार्यक्रममा माछा, घोगी, हास को मासु, परेवाको मासु, केखडा (गगटा) लगायतका खानाका परिकारहरुले स्टल लगाईएका थिए। कार्यक्रममा गाउपालिका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्ष रामशरण खवास, महादेव महतो, सुरज राय थारु, राजेश्वर दास थारु लगायतको सहभागिता रहेका थिए। कार्यक्रम राष्ट्रिय थारु गायक खेम चौधरी, अन्जु कुस्मी, अस्मिता चौधरी प्रस्तुति प्रदर्शन गरेका थिए। त्यसतै पटेर्वा सुगौली गाँपालिका़मा पनि दोस्रो माघी खिचडी महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन।

गाउँपालिकाको सहयोग तथा माघी मूल समारोहको आयोजनामा सो कार्यक्रम सम्पन्न भएका थिए। गाँउपालिका अध्यक्ष दिनेश चौधरीको अध्यक्ष्ातामा तथा पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएका छन। कार्यक्रममा थारु जातीले प्रयोग गर्दै आएका हलो, माछा मार्ने जाल, खोकी, डेली, बेवा तथा डोकनी ( काठको बर्तन) प्रदर्शनीमा राखिएका थिए। कार्यक्रममा उपाध्यक्ष ममता महतो,वडाअध्यक्ष बिजय गैरे,बिपिन मुखिया,फरमान मियाँ ,माधव राउतथारु,बासु पंजियार, परमेश्वर महतो, मचकेश गौरोले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा कलाकार बीर चौधरी, समु चौधरी, बिरु चौधरी, मुस्कान चौधरी र नेपाली निरहुवाले गित तथा नृत्य प्रस्तुत गरेका थिए। रक्तदान माघी महोत्सव को अवसरमा जिराभवानी गाउँपालिकामा रक्तदान कार्यक्रम भएका सम्पन्न भएका छन। संयुक्त यूवा समाज पर्सा र थारु संस्कृति तथा उथान मन्चको आयोजनामा रक्तदान कार्यक्रम समपन्न भएका छन।सो कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन। त्यस्तै माघीकै आवसरमा पटेर्वा सुपौलीमा रक्तदान गरिएका छन।सो कार्यक्रमा ५ महिला सहित एक सय जनाले रक्तदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस

कर्जन्हा नगरपालिकामा ...

ओम प्रकाश यादव लहान वैशाख ८ । कुपोषण न्यूनीकरण तथा बालबालिका,गर्भवती र सुत्केरी महिलाको पोषण अवस्थाम ...

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१