ताजा समाचार

जीवनको चाहना योग शिक्षा र साधना भन्ने नाराका साथ कृष्णनगरमा योग दिवस

  • माघ १, २०७९
  • ८७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, माघ १ कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज जीवनको चाहना योग शिक्षा र साधना भन्ने नाराका साथ राष्ट्रीय योग दिवस मनाइएको छ l कृष्णनगर नगरपालिका अन्तर्गत संचालित नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद शाखा) को आयोजनामा सरसफाई तथा योगाभ्यास गरि मनाएको छ l नगरका प्रत्येक नागरिक लाई योग अपरिहार्यता को बोध गराउन, सबैलाई योगमय गराइ स्वास्थ्य जीवनको परिकल्पना लाई साकार पार्ने, दिर्घकालिन रोगको नियन्त्रण गर्ने प्रमुख उदेश्यका साथ राष्ट्रीय योग दिवस कृष्णनगरमा मनाइएको जानकारी नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर प्रमुख कविराज नागेश्वर मिश्रले दिए l विहान ६:३० देखि ७:३० सम्म योग शिविर संचालन गरि त्यस पछि कृष्णनगर बजारमा सरसफाई गरि कृष्णनगरको मुटु मनेर चिनिने गोलघर चोकमा सभा आयोजना गरि कार्यक्रम समापन गरिएको थियो l कार्यक्रममा वडाध्यक्ष कृष्ण कुमार गुप्ता, राहुल मोदनवाल, नारायण कनोडिया, पुष्कर गुप्ता, प्रवेज पाठक, विनय गिरि, चन्द्रभान पाण्डेय, सुरेन्द्र प्रसाद शुक्ल, लगायत जनप्रतिनिधि, समाजसेवी, शिक्षक, बुद्धिजीवी,शिक्षाप्रेमी, नेपाल प्रहरी, सशस्त्र प्रहरी पत्रकार लगायतको उपस्थित मा कार्यक्रम सभ्य र भव्य रूपमा सफल गरिएको थियो l

प्रतिक्रिया दिनुहोस

लहान–२२ का तीन विद्य ...

ओम प्रकाश यादव लहान, ९ मंसिर । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले लहान नगरपालिक ...

गोलबजारमा लैङ्गिक हि ...

सिरहा मंसिर, ९ । “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य ...

लहानमा स्वच्छता अभिय ...

ओम प्रकाश यादव लहान मंसिर ९। सिरहाको लहानमा सञ्चालन भइरहेको स्वच्छता अभियानअन्तर्गत आम नागरिकलाई शौच ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤