Siraha Times
ताजा समाचार

न्यायको लागी भौतारिंदै सिमा

  • माघ १, २०७९
  • ८६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल माघ १ । सिरहाको गोलबजा ९ डाँडा टोल घर भएकी सिमा कर्ण बिहे भएको करिब ४ वर्ष नबित्दै २ बर्षे नाबालक छोरा अनुप कर्णलाई काखी च्यापेर न्यायको ढोका चाहर्न थालेकी छिन । विक्रम सम्वत २०७५ फागुन १० गते सामाजिक परम्परा अनुसार सप्तरीको अग्निसाईर कृष्ण सावरण गाउँपालिका वार्ड नं ६ का पंकज कुमार कर्णसँग सामाजिक परम्परा अनुसार बिहे भएको थियो । बिहे भएको करिब ३ महिना नबित्दै दाईजोको शिकारमा परिन सीमा । ससुराल पक्षले दाईजो माग गर्दै आएको कारण आफूलाई अनेकन पीडा घर परिवारले दिन थालेको उनको आरोप रहेको छ । सीमाका अनुसार " आफूले स्थानिय स्तरमा गाउँ समाजमा न्यायको लागि पटक पटक माग गर्दा पनि पंकजले नमिल्ने कुरा बताएपछि आफू पटक पटक अपमानित भएको अवस्थामा न्यायको ढोकाको लागि कानुनी प्रक्रिया अन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएपनि हालसम्म आफूले कुनै किसिमको न्याय नपाएको हुनाले आम सञ्चार मार्फत न्यायको माग गरेकी बताइन " ।

सरकारी जागिरमा रहेका पंकजलाई पत्रकारले फोन संपर्ग गर्दा मलाई भेटेर कुरा गर्नु भन्ने जबाफ दिए । करिब २६ वर्षीया सीमाको श्रीमान पंकजसँग आफ्नो नाबालक छोरा लिएर बस्ने चाहना हुँदा हुँदै पनि सीमाको भावनालाई उनका श्रीमानले कुठारा घात गरेको अवस्थामा सीमाले पंकज विरूद्ध सप्तरी जिल्ला अदालत घरेलू हिंसा ०७८-c4 -०४९२ मुद्दा दायर गरि मुद्दामा सप्तरी जिल्ला अदालतबाट मिती २०७९ जेष्ठ २३ गतेमा अन्तरिम संरक्षतात्मक आदेश समेत गरिएको छ । अदालतको आदेश बमोजिम सीमाले आफ्ना नाबालक छोरा सहित ससुराल घर शान्त वातावरणमा सामान्य जीवन जीउन खोज्दा पंकजले गाली गलौज,लगायतका घरेलु हिंसा जन्य व्यबहार गर्न थालेपछि उनी यतिबेला माइतीको शरणमा पुगेकी छिन ।

प्रतिक्रिया दिनुहोस

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१