Siraha Times
ताजा समाचार

३०१ औं पृथ्वी जयंती तथा राष्ट्रीय एकता दिवस कृष्णनगरमा हर्षो उल्लासका साथ मनाइयो

  • पुस २७, २०७९
  • ९७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रवि प्रकाश कसौधन, कपिलवस्तु पुस २७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ। आयोजक राष्ट्रीय प्रजातंत्र पार्टी रहेको छ । कार्यक्रम राष्ट्रीय प्रजातंत्र पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षता तथा प्रमुख अतिथि राष्ट्रीय प्रजातंत्र पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय रहनु भयो। जस्मा वक्ता हरुले राष्ट्रीय एकताको अवसरमा पृथ्वी नरायण शाहको नेपाल एकिकरणमा रहेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नु पर्ने कुरामा जोड दिए राष्ट्रीय प्रजातंत्र पार्टीका अगुवाहरुले राज्य संस्था सहितको हिंदू राष्ट्र आजको आवस्यकता रहेको राप्रपा कृष्णनगर नगर अध्यक्ष जय प्रकाश गुप्ताले बताउनु भयो।

उक्त कार्यक्रममा राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरिया, अजय थापा, प्रमोद मिश्र, तथा कनिज फातिमा, इदरीस मुसलमान, राजेन्द्र अधिकारी, जानकी यादव, कृष्ण पौडेल लगायत नेकपा एमालेका केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव, उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष राम कुमार गुप्ता लगायत राष्ट्रीय प्रजातंत्र पार्टी समर्थक नेता तथा कार्यकर्ता समाजसेवी, पत्रकार, सुरक्षाकर्मी लगायत अन्य सर्वसाधारणको उपस्थित थियो। कार्यक्रममा उद्घोषकको भुमिका राष्ट्रीय प्रजातंत्र पार्टी जिल्ला सचिव प्रेम शंकर शुक्ल ले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१