Siraha Times
ताजा समाचार

स्वास्थय शिविर कार्यक्रम सम्पन्न

  • पुस २३, २०७९
  • ९५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस २३ । सिरहाको लहानमा एक दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिएको छ । स्वर्गिय वैध नाथ यादवको स्मृतिमा प्याथलोजी (ल्याब) जाँच शिविरका आयोजक एल आर एल लहान ३ काे आयोजनामा लहानको अस्पताल चोकमा बिहान करिब ५ बजे देखि थालिएको निशुल्क स्वास्थ्य शिविरमा सुगर टेस्ट, ब्लड टेस्ट , युरिन टेस्ट , थाइराइड टेस्ट लगायतका टेस्टहरु गरिएको थियो । पूर्व पश्चिम राजमार्गको उत्तरी छेऊमा संचालित शिविरमा करिब ३७४ जना आम मानिसहरूले आफ्ना स्वास्थ्यको चेक जाँच गराएका थिए । बजार केन्द्रित शिविर अब ग्रामीण र दुर्गम क्षेत्रमा समेत परिचालन हुने आयोजकले बताएका छन । विज्ञ डाक्टरहरुद्वारा चेक जाँच गरिएको उक्त चेक जाँच शिविरमा एक जनाको रगतमा सुगरको मात्रा ६१४ देखा परेको विजय कुमार यादवले बताए । संचालित शिविरमा वडा अध्यक्ष रामदयाल महतो,स्थानिय समाजसेवि पत्रकार लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम बेलुका ५ बजे सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१