ताजा समाचार

सुस्ताको किसानले सास्ती भोग्दै

  • पुस २३, २०७९
  • ११०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस २३ । नवलपरासीको सुस्ता स्थित नारायणी नदीमा समयमा पुल निर्माण नहुँदा स्थानिय किसानले आफना बारीमा उत्पादन गरेका उखू डुङ्गाको सहारामा गन्तव्य स्थानमा लगिरहेका छन । नेपालको विवादित सुस्ता क्षेत्रमा रहेका आम नेपालीहरुले विगत लामो समयदेखि सास्ती खेप्दै आएका छन । नारायणी नदीलाई पार गर्नु पर्ने बाध्यताका बीच रहेका सुस्ताबासीले नारायणी नदीस्थित एक मात्र विकल्पको रूपमा रहेको डुङ्गाको यात्राबाट आफ्ना समस्या टारिरहेका छन । अत्यन्त कष्टकर डुङ्गाको यात्रा तय गर्नुपर्ने बाध्यताका बीच रहेका स्थानिय किसानले आफ्ना बारीमा उब्जाएका उखु गाडीमा लोड गरी डुङ्गाको सहारामा महँगो र जोखिम यात्रा मार्फत गन्तव्य स्थानमा पुगाउने गरेको छ । जाडोको समयमा नारायणी नदीमा यात्रा गर्दा स्थानियले डुङ्गाको प्रतिक्षामा पर्खनुपर्ने तथा यात्रु समयमा नआउँदा स्थानियहरु गन्तव्यमा पुग्न नसक्नु चिन्ताको विषय बनेको छ ।

विगत लामो समयदेखि सास्ती खेप्दै आएका स्थानियको समस्यामा मलहम लगाउनको निम्ति उक्त नदीमा हालसालै थालिएको झोलुङ्गे पुलको निर्माण कार्यले धेरै ठूलो योगदान सुस्ता बासीलाई हुने देखिएको छ । वर्षाको समयमा नारायणी नदीमा बहाव धेरै हुने र हिउँदमा कम हुने गरेको अवस्थामा सरकारले तत्काललाई झुलुङ्गे पुलको निर्मान कार्य तीब्र गतिमा अगाडि बढाउन जरूरी देखिन्छ । हिउँदको समयमा नारायणी नदीको बहाव कम हुने हुँदा उक्त समयमा पक्की पुलको थालनी गर्दा अशल हुँदा हुँदै सरकारी निकायहरूले सुस्ता वासीको समस्यालाई विगत लामो समयदेखि बेवास्ता गर्दै आएको अवस्थामा झोलुङ्गे पुल निर्माण ले समाजमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤