सिकाज्योतीको प्रत्येक टोल टोलमा करिब ५ ट्रयाक्टर वितरण

  • पुस २२, २०७९
  • १४३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा पुस २२ गते । सिरहा लगायत तराई मधेशमा अत्याधिक चिसो बढेपछि जन-जीवन अतिनै कष्टकर बनेपछि सिरहा नगरपालिकाको वडा न.२० सिकाज्योतीको विभिन्न टोलटोलमा दाउरा बितरण गर्न शुरु गरेका छन । आज (शुक्रवार ) बिओपी सिकाज्योतिका ईन्चार्ज लीला बुढाथोकी ,नेकपा एमालेका प्रत्यासी वडा अध्यक्ष बिजय यादव र स्थानिय समाजसेवी/ ईन्जिनियर बलरामबाबु यादव उर्फ( रामबाबु यादव)को पहलमा दाउरा बितरण कार्य भएको छ। चिसो बढेसंगै दैनिक कामकाज लगभग ठप्प रहेको विद्यालयमा विद्यालयमा पठनपाठन गर्न समेत समस्या उत्पन्न भएको छ । यस्तो अवस्थामा बाल-बालिका , बृद्ध-बृद्धा , गर्भबती महिला , अशत्त र दीर्धरोगीहरु उच्च जोखीममा रहेको हुन्छ । विगत केही दिन देखी एक्कासी बढेको जाडो/चिसो बाट बच्नको लागि स्थानीय र सरकारी निकायवाट हुनुपर्ने सहयोगअपुग रहेको बेला सिरहा नगरपालिका वडा नं. २० का मनकारी युवाहरुले सराहनीय काम गरेका छन । सिकाज्योतीको प्रत्येक टोल टोलमा करिब ५ ट्रयाक्टर दाउरा आगो बाल्नको लागि निःशुल्क बितरण गरिएको ई.यादवले बताएका छन ।

Open photo

प्रतिक्रिया दिनुहोस

(एल.एल.बी) प्रवेश पर ...

विष्णुदेव सरदार / सिराहा, असार ४ गते । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तरीको महेन्द्र ...

लहान वडा नं. ९ को नय ...

ओम प्रकाश यादव लहान, असार ४ । हिजो लहान नगरपालिका वडा नं. ९ मा निर्माणाधीन वडा कार्यालय भवनको छत ढला ...

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१