पर्साको जिराभवानी गाउँपालिकामा ढकिया बुनाई प्रतियोगिता सुरु

  • पुस २०, २०७९
  • ७६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हरिकिशोर शर्मा जिराभवानी २० पुस पर्साको जिराभवानी गाउँपालिकामा आजबाट ढकिया बुनाई प्रतियोगिता सुरु भएको छ । आस्था नेपाल बीरगंजको आयोजना तथा जिराभवानी गाउँपालिकाको सहयोगमा सो कार्यक्रमको आयोजना भएको हो । वडा नं ४ सुपौलीको खेलमैदानमा शुरु भएको सो प्रतियोगितामा एक सय पचासँ समूह सहभागी रहेका छन् । कार्यक्रमको उद्घघाटन गर्दै गाउँपालिका अध्यक्ष अनोज चौधरीले थारु संस्कृति अन्तर्गत लोप हुदै गएको ढकिया संरक्षण तथा प्रवद्र्धनका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । स्थानीय स्रोत साधनको प्रयोगबाट बुनीएका ढकियालाई बजारिकरण गरी स्थानीय महिलाका पेशागत क्षमतामा अभिबृद्धि गर्न सकिने अध्यक्ष चौधरीले बताउनुभयो ।

पालिकाले यस प्रतियोगिता अन्र्तगत तयार गरिएका ढकियालाई राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरमा बजारिकरण गर्न पहल गर्नेमा वक्ताहरुले जोड दिएका छन् । उत प्रतियोगितामा पच्चिस वर्षभन्दा कम उमेर समूह भएका र पच्चिस वर्षभन्दा माथि भएका उमेर समूह गरी विभाजित भई प्रतियोगिता हुदैँछ । प्रतियोगितामा प्रथम हुने समूहलाई नगद पचिस हजार रुपैया र ट्रफी, द्धितीय हुने समूहलाई नगद १५ हजार नगद सहित ट्रफी र तृतिय हुने समूहलाई नगद १० हजार नगद सहित ट्रफी प्रदान गरिने आयोजक संस्थाका सदस्य गोबिन्द चौधरीले जानकारी दिनुभयो । वडाध्यक्ष राजेश्वर दासको सभ कार्यक्रममा थारु मून सनलाईट यूवा स्पोर्ट्स क्लब सुपौलीका अध्यक्ष रुपनारायण चौधरी लगायतको उपस्थिती रहेको छ । प्रतियोगिताको अन्तिम नतिजा भोली बिहिवार प्रकाशन हुने आयोजक पक्षले जनाएको छ । पर्सामा पहिलो पटक ढकिया बुनाई कार्यक्रमको आयोजना भएको हो ।

प्रतिक्रिया दिनुहोस

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१