Siraha Times
ताजा समाचार

पर्साको जिराभवानी गाउँपालिकामा ढकिया बुनाई प्रतियोगिता सुरु

  • पुस २०, २०७९
  • ९०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हरिकिशोर शर्मा जिराभवानी २० पुस पर्साको जिराभवानी गाउँपालिकामा आजबाट ढकिया बुनाई प्रतियोगिता सुरु भएको छ । आस्था नेपाल बीरगंजको आयोजना तथा जिराभवानी गाउँपालिकाको सहयोगमा सो कार्यक्रमको आयोजना भएको हो । वडा नं ४ सुपौलीको खेलमैदानमा शुरु भएको सो प्रतियोगितामा एक सय पचासँ समूह सहभागी रहेका छन् । कार्यक्रमको उद्घघाटन गर्दै गाउँपालिका अध्यक्ष अनोज चौधरीले थारु संस्कृति अन्तर्गत लोप हुदै गएको ढकिया संरक्षण तथा प्रवद्र्धनका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । स्थानीय स्रोत साधनको प्रयोगबाट बुनीएका ढकियालाई बजारिकरण गरी स्थानीय महिलाका पेशागत क्षमतामा अभिबृद्धि गर्न सकिने अध्यक्ष चौधरीले बताउनुभयो ।

पालिकाले यस प्रतियोगिता अन्र्तगत तयार गरिएका ढकियालाई राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरमा बजारिकरण गर्न पहल गर्नेमा वक्ताहरुले जोड दिएका छन् । उत प्रतियोगितामा पच्चिस वर्षभन्दा कम उमेर समूह भएका र पच्चिस वर्षभन्दा माथि भएका उमेर समूह गरी विभाजित भई प्रतियोगिता हुदैँछ । प्रतियोगितामा प्रथम हुने समूहलाई नगद पचिस हजार रुपैया र ट्रफी, द्धितीय हुने समूहलाई नगद १५ हजार नगद सहित ट्रफी र तृतिय हुने समूहलाई नगद १० हजार नगद सहित ट्रफी प्रदान गरिने आयोजक संस्थाका सदस्य गोबिन्द चौधरीले जानकारी दिनुभयो । वडाध्यक्ष राजेश्वर दासको सभ कार्यक्रममा थारु मून सनलाईट यूवा स्पोर्ट्स क्लब सुपौलीका अध्यक्ष रुपनारायण चौधरी लगायतको उपस्थिती रहेको छ । प्रतियोगिताको अन्तिम नतिजा भोली बिहिवार प्रकाशन हुने आयोजक पक्षले जनाएको छ । पर्सामा पहिलो पटक ढकिया बुनाई कार्यक्रमको आयोजना भएको हो ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१