पश्चिम नवलपरासीको सुस्ताबाट नदि जन्य पदार्थ निकासी गर्ने दुई ट्याक्टर नियन्त्रणमा

  • पुस १९, २०७९
  • ९९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

परासी । नवलपरासीमा नदिजन्य पदार्थसहित दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । सुस्ता गाउँपालिका किनारमा पर्ने नदि किनारमा बालुवा र ढुङ्गा लोड गरिरहेको अबस्थामा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । सुस्ता गाउँपालिका - ३ स्थित नारायणी नदिमा लु ३ त ६३४१ नं.को ट्याक्टरमा बालुवा लोड गरिरहेको र सोही गाउँपालिका - ४ १६ नं.ठोक्करस्थित नारायणी नदिमा लु २ त १६२४ नं.को ट्याक्टरमा ढुंगा लोड गरिरहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिइएको हो । मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्र.नि.नवराज केसीको टोली र प्रहरी चौकी नर्सहीबाट प्रसनि जनार्दन यादवको संयुक्त गस्ती टोलीले गस्ती गर्ने क्रममा ट्याक्टरमा नदिजन्य पदार्थ लोड गरी रहेको अवस्थामा प्रहरी टोलीलाई देखी चालकसहित लोडअन्लोड गर्ने मानिस फरार भएकोले उक्त ट्याक्टरहरु नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि स्थानीय निकायमा पठाईएको छ । नियन्त्रणमा लिइएको दुबै ट्याक्टरलाई सम्बन्धित गाउँपालिकाबाट रु. १५,०००/- जरिवाना काटी छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारकर्मीहरु सँग प ...

रंजित चौरसिया,वीरगंज ११ भदौ । जिल्ला प्रशासन कार्यालय पर्सामा नव आगन्तुक प्रमुख जिल्ला अधिकारी तोय न ...

अल्ट्रा अभियानका सञ् ...

रंजित चौरसिया,वीरगंज १० भदौ । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंजका आधिकारिक प्रोपराईटर ...

मकवानपुरमा भारतीय सु ...

ओम प्रकाश यादव लहान भदौ ८ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१