Siraha Times
ताजा समाचार

पश्चिम नवलपरासीको सुस्ताबाट नदि जन्य पदार्थ निकासी गर्ने दुई ट्याक्टर नियन्त्रणमा

  • पुस १९, २०७९
  • १२१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

परासी । नवलपरासीमा नदिजन्य पदार्थसहित दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । सुस्ता गाउँपालिका किनारमा पर्ने नदि किनारमा बालुवा र ढुङ्गा लोड गरिरहेको अबस्थामा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । सुस्ता गाउँपालिका - ३ स्थित नारायणी नदिमा लु ३ त ६३४१ नं.को ट्याक्टरमा बालुवा लोड गरिरहेको र सोही गाउँपालिका - ४ १६ नं.ठोक्करस्थित नारायणी नदिमा लु २ त १६२४ नं.को ट्याक्टरमा ढुंगा लोड गरिरहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिइएको हो । मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्र.नि.नवराज केसीको टोली र प्रहरी चौकी नर्सहीबाट प्रसनि जनार्दन यादवको संयुक्त गस्ती टोलीले गस्ती गर्ने क्रममा ट्याक्टरमा नदिजन्य पदार्थ लोड गरी रहेको अवस्थामा प्रहरी टोलीलाई देखी चालकसहित लोडअन्लोड गर्ने मानिस फरार भएकोले उक्त ट्याक्टरहरु नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि स्थानीय निकायमा पठाईएको छ । नियन्त्रणमा लिइएको दुबै ट्याक्टरलाई सम्बन्धित गाउँपालिकाबाट रु. १५,०००/- जरिवाना काटी छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

मारवाडी महिला मञ्च ल ...

लहान साउन ३० । मारवाडी महिला मञ्च, लहानद्वारा आयोजित सावन मेला २०८३ महिला उद्यमशीलता, आत्मनिर्भ ...

उठिबासको त्रासमा लहा ...

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा ख ...

लहान प्रादेशिक अस्पत ...

रहमुल, लहान, ३१ साउन । रा. उ.प्रादेशिक अस्पताल लहानका व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१