रामग्रामका प्रमुख यादवको स्वकीय सचीव बताउने गैरे बैंकिङ कसुरमा पक्राउ

  • पुस १९, २०७९
  • ९८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

परासी, पुस १९ । रुपन्देही जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम - १८ धरमपुरका अन्दाजी ३३ बर्षिय दिपक गैरे रहेको छ । केही हप्ता अगाडि गैरेलाई रुपन्देही जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । अदालतको पक्राउ पुर्जी जारी पश्चात उनी फरार रहेका थिए । उनलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरी आबश्यक कार्बाहीको लागि रुपन्देही प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्ड्येले जानकारी दिएको छ । रुपन्देही प्रहरीको अनुरोधमा नियन्त्रणमा लिई बुझाएको समेत जानकारी दिनुभयो । उनी रामग्राम नगरपालिका प्रमुख धनपत यादवको स्वकीय सचीवसमेत रहेको बताउदै, प्रमुख यादवको कार्यकक्षमा सधै देखिन्थ्यो । उनलाई मंगलबार बिहान पश्चिम नवलपरासीबाट पक्राउ गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

सिरहाका मालपोत प्रमु ...

रहमुल लहान २५ मंसिर । भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइराल ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज २४ मंसिर। नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा स ...

श्रम संस्कृति पार्टी ...

रहमुल,लहान २४ मंसिर। श्रम संस्कृति पार्टीले सिरहाको कल्याणपुरमा संगठन विस्तार र जनसंपर्क सुदृढीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१