Siraha Times
ताजा समाचार

रामग्रामका प्रमुख यादवको स्वकीय सचीव बताउने गैरे बैंकिङ कसुरमा पक्राउ

  • पुस १९, २०७९
  • १११८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

परासी, पुस १९ । रुपन्देही जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम - १८ धरमपुरका अन्दाजी ३३ बर्षिय दिपक गैरे रहेको छ । केही हप्ता अगाडि गैरेलाई रुपन्देही जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । अदालतको पक्राउ पुर्जी जारी पश्चात उनी फरार रहेका थिए । उनलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरी आबश्यक कार्बाहीको लागि रुपन्देही प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्ड्येले जानकारी दिएको छ । रुपन्देही प्रहरीको अनुरोधमा नियन्त्रणमा लिई बुझाएको समेत जानकारी दिनुभयो । उनी रामग्राम नगरपालिका प्रमुख धनपत यादवको स्वकीय सचीवसमेत रहेको बताउदै, प्रमुख यादवको कार्यकक्षमा सधै देखिन्थ्यो । उनलाई मंगलबार बिहान पश्चिम नवलपरासीबाट पक्राउ गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

मारवाडी महिला मञ्च ल ...

लहान साउन ३० । मारवाडी महिला मञ्च, लहानद्वारा आयोजित सावन मेला २०८३ महिला उद्यमशीलता, आत्मनिर्भ ...

उठिबासको त्रासमा लहा ...

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा ख ...

लहान प्रादेशिक अस्पत ...

रहमुल, लहान, ३१ साउन । रा. उ.प्रादेशिक अस्पताल लहानका व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१