लाखौंको अवैध सरसमान बरामद व्यक्ति पहिचानमा प्रहरीको उदासिनता

  • पुस १९, २०७९
  • ९९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शशी कुमार मण्डल , सिरहा । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले जिल्लाको विभिन्न नाका भएर भन्सार छली गरी ल्याएका लाखौं मूल्य बरावरको कपडा र अगरबति बनाउने कच्चा पदार्थ बरामद गरेका छन् । सिरहाको नवराजपुर गाउँपालिका–५ मेनहा बस्ने संजय महतोको जस्तापाताले छाएको टहरामा लुकाएर राखेको अवस्थामा १३ लाख ५४ हजार ४ सय बरावरको लत्ताकपडा र २ लाख ६८ हजार बरावरको २६ क्युन्टल ८१ किलो अरबति बनाउने केमिकल सशस्त्र प्रहरीले बरामद गरेको जनाइएको छ । यस्तै, नवरापुर गाउँपालिका–५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाएर राखेको ५ लाख रुपैयाँ बराबरको १ सय २० बोरा अगरबत्तीको धुलो समेत बरामद भएको छ । सोही वडाको मेनहा बस्ने ब्रह्मदेव महतोको जस्ताले बनाएको टहरोमा ५ लाख ५० हजार रुपैयाँ बराबरको १ सय ६० बोरा अगरबत्तीको धुलो र त्यही गाउँपालिका ३ जगतपुर बस्ने शिवनारायण यादवको आगनमा लुकाई राखेको अवस्थामा २ लाख ५० हजार रुपैयाँ बराबरको ७२ बोरा अगरबत्तीको धुलोसमेत प्रहरीले बरामद गरेको छन् ।

यसैगरी ०७९ पुस १५ सम्म नेपाल प्रहरीले ईलेक्टिक डिजे वाइरिङ्ग तार २४ हजार, सुईटर ६१ हजार २ सय, मोटर पार्टस १३ हजार ५ सय ६५, रक्सी ४५ हजार, जुत्ताचपल ३६ हजार ३ सय, सुर्ती ५ हजार १ सय, लसुन चिनी ११ हजार ६ सय ९०, मोविल ३२ हजार लगायतका सरसमानहरु बरामद गरेको जनाइएको छ । बरामद गरिएका सरसमान जिल्ला भन्सार कार्यालय माडर खैरटोकालाई बुझाएका छन् । बरामद सामान भन्सार कार्यालय लैजाने क्रममा स्थानीयबासिन्दाले ढुङ्गा हान्दा सशस्त्र प्रहरीको बा १ ग २०५५ नम्बरको ट्रकमा क्षति पुगेको छ ।

घुमुवा प्रहरीको सेटिङ्ग नेपाल प्रहरी र सशस्त्र प्रहरीले घुमुवा प्रहरी परिचालन गरेर भन्सार छलीका विभिन्न सरसमान ल्याउन व्यापारीहरुलाई सहयोग गर्दै आएको स्थानीयहरुले आरोप लगाएका छन् । इलाका, जिल्ला र प्रदेश गरी तीन तहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले घुमुवा प्रहरी परिचालन गरी भन्सार छलीका सरसमान ल्याउन व्यापारीहरुलाई सघाउदै आएको उनीहरुको आरोप छन् । प्रश्नलाई प्रष्ट्याउदै स्थानीहरुले भने,‘घुमुवा प्रहरीको सेटिङ्ग छैन भने भारी मात्रामा समान बरामद भयो तर समान कसको हो भन्ने कुरा हालसम्म खुलेन, किन ? कसैको आँगन र घरमा बरामद भएका समानको व्यक्ति पहिचान हुन नसक्नुले शंका उब्जाउदैन र ? एक÷दुई दिन भित्र भारी मात्रामा अवैध समान बरामद हुनु भनेको नियमित रुपमा भन्सार छली हुँदै आएको कुरा प्रष्ट पारेको छ ।’

माडर, सन्हैठा, गणेशपुर, बरियारपट्टी, कचनारी, झाँझपट्टी, ढाडी तथा जिल्लाको अन्य छोटी नाकाहरुबाट राती–राती भन्सार छलीका सरसमानहरु ल्याइने गरेको नाम नछाप्ने शर्तमा स्थानीयहरुले बताएका छन् । उनीहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा प्रहरी मार्फत उच्च ओहदाका प्रहरी पदाधिकारी समक्ष मासिक रुपमा जनरानाका रकम पुग्ने हुँदा सतही चासो दिने गरेको आरोप लगाएका छन् । अबैध सरसमान बरामद मात्र गरिदा र व्यक्ति पहिचानमा उदासिनता देखाउदा तस्करहरुको बनोवल बढ्ने गरेको स्थानीयहरुको भनाई छन् । सिरहा जिल्लामा नेपाल प्रहरीको कुनै घुमुवा प्रहरी परिचान भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक सुवास बुढाथोकीले बताए । राजश्व चुहावट नियन्त्रण गर्न नेपाल प्रहरीले हरेक खाले उपाय लगाइरहेको र भन्सार छलीका समान फेला पारेर भन्सार कार्यालयमा बुझाउदै आएको उनले थपे ।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. ७ गणका सशस्त्र प्रहरी नायब उपरिक्षक निलकमल अधिकारीले सशस्त्र प्रहरीले कुनै प्रकारका घुमुवा प्रहरी परिचालन नगरेको बताए । ‘कुनै काम विषेश वाहेक घुमुवा प्रहरीको रुपमा कसैले फेला पारेर हामीलाई फोटो खिचेर उपलब्ध गराएमा सशस्त्र प्रहरी ऐन अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने छु,’उनले भने,‘राजश्व चुहावट नियन्त्रण र सिमा सुरक्षामा हाम्रो विषेश निगरानी रहँदै आएकाले कुनै व्यापारीसँग हाम्रो जवान वा घुमुवा प्रहरीको रुपमा फेला परे त्यस्तालाई छुट दिइने छैन् ।’

प्रतिक्रिया दिनुहोस

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१