शहिदनगरको अधारभुत विद्यालयमा गैर–कानुनी रुपले शिक्षक भर्ना गरेको भन्दै मेयर यादवलाई ज्ञापन

  • पुस १३, २०७९
  • ६०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ स्थित श्री अधारभुत विद्यालय कुम्भकरणमा आफूखुसी र गैरकानुनी रुपमा शिक्षक भर्ना गरेको भन्दै शिक्षक सँगठनले पारदर्शीता माग गरेका छन् । कुम्भकरण विद्यालयमा करिब २० दिन अगाडी गरिएको शिक्षक नियुक्तीको प्रक्रियाबारे सोध्दै शहिदनगरका नगर प्रमुख दिनेश प्रसाद यादवलाई ज्ञापन पत्र बुझाईएको छ । शिक्षकहरुको सँगठन एकिकृत अखिल नेपाल शिक्षक सँगठनले बुधबार शहिदनगर नगरपालिकामा गएर नगर प्रमुख यादवलाई ६ बुँदे ज्ञापन पत्र बुझाएको हो । सँगठनका नगर अध्यक्ष श्रीकृष्ण भिनवारको नेतृत्वमा गएको सँगठनको टोलीले सो विद्यालयमा कुन आधारमा शिक्षक नियुक्ति गरिएको बारे पारदर्शी गर्न माग गरिएको हो । यस्तै, नगरपालिकाबाट बालविकासको तलव पठाएको तथा उक्त तलव रोका गरी हालसम्म कार्यरत बालविकास शिक्षको तलब फुकुवा किन नगरेको भन्दै कारण देखाउन समेत माग गरिएको छ ।

नगरपालिका भित्र रहेको दुइ वटा मदर्शामध्ये एउटा मदर्शाका शिक्षकको तलब भता निकासा गरेको र दलगत रूपमा भेदभाव गरि अर्कोको निकासा २०७९ श्रावन देखि हाल सम्म किन नगरेको भन्दै प्रश्न तेर्साउँदै एक साताभित्र जवाफ दिन माग गरिएको छ । नगरपालिका भित्रका शिक्षक तथा कर्मचारीहरुको माग भएका प्रमाणित कागजातहरुको सकल छायाकपी लाई आधार किन नमानेको ? सकल प्रमाण किन ? प्रतिलिपि वा नोटरी प्रमाणित किन होइन्‌ ? सक्कल सिज गरि बलेकमेल गर्ने साजिस त होइन ? भन्ने प्रश्न समेत गरिएको थियो ।

ज्ञापन पत्रमा दिवाखाजा विगत २०७९ श्रावण देखि हाल सम्म निकासा किन नभएको , नगरपालिका शिक्षा शाखामा शिक्षा अधिकृत प्रावि शिक्षकलाई कुन आधारमा बनाएको ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्रमा नगरभित्र मावि, नि.मावि. तहको शिक्षक हुँदाहुँदै प्रावि तहको शिक्षकलाई शिक्षा प्रमुख कुन आधारमा बनाएको भन्दै पारदर्शीताको माग गरिएको हो । सो क्रममा नगर प्रमुख दिनेश प्रसाद यादवले ज्ञापन पत्र दर्ता गरी आवश्यक कागजातहरु झिकाएर छलफल गरिने बताए । उनले शिक्षा शाखाले कानुनत माग गरेको कागजातहरुको आधारमा कार्य प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता दिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१