उज्यालो हुँदै धनगढीमाई १४

  • पुस १२, २०७९
  • ७२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हेम प्रसाद पासवान पुस १२ । सिरहाको धनगढीमाई १४ को अनुहार फेरिन थालेको देखिन्छ । सिराहा जिल्लाको विकट मानिएको धनगढीमाई १४ का बस्तीहरू मड्यान, पल्लार, महाजनी, खुट्टी, अमले, गागन लगायतका दुर्गम बस्तीहरुमा यतिबेला विद्युत खाम्भा गाडे सँगै वाइरिङको काम भइरहेको अवस्था रहेको देखिन्छ । बाटो घाटो तथा बिजुली बत्तीको सास्ति भोग्दै आएका स्थानीयको अनुहारमा बिजुली उज्यालो आउने पक्का भएपछि स्थानिय खुशी भएका छन् । वडा अध्यक्ष अमित ठकुरी निर्वाचित भएपछि स्थानिय स्तरमा सकारात्मक परिवर्तनहरू देखिन थालेको स्थानीयको बुझाई रहेको छ । भौतिक निर्माण र विकासका लागि कटिबद्ध भएर लागेका अध्यक्षको एकातिर विहिबारेमा पुल निर्माणको काम आगाडी बढ्नु र अर्कोतिर विजुलीको काम बढ्नुले स्थानिय जनतामा खुशी छाएको अवस्था रहेको पाइन्छ । दूरदर्शी वडा अध्यक्षको रूपमा नगरमा कहलिएका अध्यक्ष अमित ठकुरीले आफ्ना भावी योजनालाई नजिकबाट नियाल्दै विकासका लहरहरु उनको कार्यकालमा आगाडी बढ्नुले आम जनतामा भरोसा र खुशी पलाएको अवस्था रहेको पाइन्छ । विकट गाउँहरूमा आफैं पुगेर सामाजिक सुरुक्षा भत्ताको लागि उनले बनाएका सहज वातावरणले गर्दा उनलाई चौतर्फी विकासका पारखी भनेर समेत चिन्न थालेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

घुर्मी नदी किनारमा फ ...

लहान असोज ३० । सिरहाको गोलबजार नगरपालिका–१० स्थित घुर्मी नदी किनारमा झाडीभित्र फालिएको अवस्थाम ...

लहान सडक डिभिजनका तत ...

लहान, असोज ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, लहानका तत्कालीन डिभिजनल इन्ज ...

सखुवानन्कारकट्टीमा न ...

रहमुल लहान २९ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नागरिक सुनुवाई तथा लागुऔषध नियन्त्रण सम्ब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१