ताजा समाचार

उज्यालो हुँदै धनगढीमाई १४

  • पुस १२, २०७९
  • ९३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हेम प्रसाद पासवान पुस १२ । सिरहाको धनगढीमाई १४ को अनुहार फेरिन थालेको देखिन्छ । सिराहा जिल्लाको विकट मानिएको धनगढीमाई १४ का बस्तीहरू मड्यान, पल्लार, महाजनी, खुट्टी, अमले, गागन लगायतका दुर्गम बस्तीहरुमा यतिबेला विद्युत खाम्भा गाडे सँगै वाइरिङको काम भइरहेको अवस्था रहेको देखिन्छ । बाटो घाटो तथा बिजुली बत्तीको सास्ति भोग्दै आएका स्थानीयको अनुहारमा बिजुली उज्यालो आउने पक्का भएपछि स्थानिय खुशी भएका छन् । वडा अध्यक्ष अमित ठकुरी निर्वाचित भएपछि स्थानिय स्तरमा सकारात्मक परिवर्तनहरू देखिन थालेको स्थानीयको बुझाई रहेको छ । भौतिक निर्माण र विकासका लागि कटिबद्ध भएर लागेका अध्यक्षको एकातिर विहिबारेमा पुल निर्माणको काम आगाडी बढ्नु र अर्कोतिर विजुलीको काम बढ्नुले स्थानिय जनतामा खुशी छाएको अवस्था रहेको पाइन्छ । दूरदर्शी वडा अध्यक्षको रूपमा नगरमा कहलिएका अध्यक्ष अमित ठकुरीले आफ्ना भावी योजनालाई नजिकबाट नियाल्दै विकासका लहरहरु उनको कार्यकालमा आगाडी बढ्नुले आम जनतामा भरोसा र खुशी पलाएको अवस्था रहेको पाइन्छ । विकट गाउँहरूमा आफैं पुगेर सामाजिक सुरुक्षा भत्ताको लागि उनले बनाएका सहज वातावरणले गर्दा उनलाई चौतर्फी विकासका पारखी भनेर समेत चिन्न थालेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤