प्रहरी निरीक्षक जोशीको आए देखि जनमानसले प्रहरीबाट अपेक्क्षा गरे अनुसारको शान्ति सुरक्षाको अनुभुती

  • पुस १२, २०७९
  • ८४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णा कुशवाहा / पर्सा वीरगञ्ज । पर्साको पोखरियामा रहेको ईलाका प्रहरी कार्यालय पोखरीयाको प्रहरी प्रमुखको रुपमा प्रहरी निरीक्षक आयुष जोशी आएदेखी इलाका प्रहरी कार्यालय पोखरिया अन्तरगतका आम जनमानसले प्रहरीबाट अपेक्क्षा गरे अनुसारको शान्ति सुरक्षाको अनुभुती गर्न थालेका छन । खुला सिमाका कारण हुने अन्तर देशीय अपराधिक गतिविधीका घटना हुन नदिन सिमामा कडाई गर्नुको साथै आफना प्रहरी विंगहरुलाई चनाखो भएर अवैध गतिविधी नियन्त्रण गर्न खटाईनुले क्षेत्रबासी अमन चयनका साथ सांस लिन पाएका छन । केही व्यक्तिगत रिश्वीका घटना बाहेक छिटफुट घटनाहरु भएपनि त्यसलाई कडाईका साथ लागेर निचोड सम्म पुरयाउने अठोटले प्रहरी प्रति जनविश्वास बढदै गएको स्थानीयले अनुभव गरेका छन ।

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुखको रुपमा आएको ७ महिनामा प्रहरी निरीक्षक जोशीको कमाण्डमा लाखौं लाख बराबरको राजश्व भन्सार दाखीला गरिएको ईलाका प्रहरी कार्यालय पोखरीयाको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीका सिमानाकाहरुमा रहेका प्रहरी युनिटहरुले भारत संगको खुला सिमा नाकाका कारण हुने अवैध भन्सार छली चोरी निकासीमा कडाई गरेपनि विभिन्न माध्यम अपनाएर गरिएका अवैध भन्सार छलीका समानहरु प्रहरीले गाउँको विभिन्न स्थानहरुबाट बरामद गरि वीरगञ्ज भन्सार तथा राजश्व अनुशनधान कार्यालय पथ्लैयामा बुझाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिनु भयो । बरामद समानहरुमा राँगा , लत्ता, सखर , गेहु , धान , कपडा, हार्डवेयर, किराना सामान, शर्टिंग शुटिंग, मालबाहक गाडीहरु लगाएत रहेका छन ।

लाखौं लाख रुपैयाको बराबरको अवैध माल सामानहरू बरामद नियन्त्रणमा राजस्व सरकारी कोषमा दाखिला गराउन प्रहरी निरीक्षक जोशी सफल भएका छन् । प्रहरी निरीक्षक जोशी ईलाकामा शान्ति सुरक्षा कायम गर्ने प्रहरीको पहिलो दायित्व भएको बताउँदै इलाकावासीलाई शान्ति सुरक्षाको अनुभुति गराउनु मेरो पहिलो प्राथमिकता रहेको बताउनु भयो । लागुऔषधहरु गांजा , फेनारगन , डाईजिल्याब , नुर्फिन , नाईट्राभेट टयाबलेट , कोरेक्स बरामद गरिनुका साथै लागु औषध मुदामा सजाय पाई लुकी छिपी बसेका कै आपराधिक क्रियाकलापमा संलग्न रहेको व्यक्तिलाई समेत प्रहरी निरीक्षक जोशी पक्राउ गरी कैद गराउन सफल भएका छन । यसैगरी विभिन्न ठाउहरुबाट चोरी भएका दर्जन भन्दा बढी मोटरसाईकलहरु बरामद गरि धनीलाई बुझाइएको उनले बताए ।

सिमा वारपार हुने भन्सार चोरी तस्करीलाई नियन्त्रण गर्न मातहतका युनिटहरुलाई कडाई गर्न निर्देशन दिइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । पर्साको इलाका प्रहरी कार्यालय पोखरीया अन्तरगत पर्ने केही पालिकाहरु अति संवेदनशील भए पनि स्थानिय तह , प्रदेश र संसदीय निर्वाचन पनि शान्ति पूर्वक गराउन समेत प्रहरी निरीक्षक जोशी सफल भएका हुन् । भर्खरै सम्पन्न भएको प्रदेश र केन्द्रिय निर्वाचन एकदम भयरहित र शान्तिपूर्ण गराउन सफल भएका प्रहरी निरीक्षक जोशीलाई स्थानिय बासीहरुको पनि प्रशंसा गरेका थिए । इलाका प्रहरी कार्यालय पोखरीया अन्तरगत बढी भारतसंग सीमानाका जोडिएका हुनाले अतिसम्बेदनशील मानिएका गाउँपालिकामा शान्तिपूर्ण र भयरहित वातावरणमा चुनाव गराउन सफल भएका प्रहरी प्रतिको विश्वास आम जनमानसमा अझै बढ्न गएको छ। सीमा नाकामा कडाइ हुन साथ तस्करहरुमा हाहाकार मचेको हो भने कतिपै तस्करहरुले संयोजित तरिकाले प्रहरी निरीक्षक जोशीलाई बद्नाम गराउन लागेका छन् भने कति पैसाको प्रलोभनमा पारी प्रहरी निरीक्षक जोशीको चरित्र हत्या गराउन समाचार पनि लेखाउन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१