राष्ट्रसेवक बचततथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न

  • पुस १०, २०७९
  • ९७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान , १० पुस । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सिरहा हकहितका काम गर्ने निकट राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लहान सिरहाको आयोजनामा चौथो वार्षिक साधारण सभा तथा पिकनिक कार्यक्रम आज लहान १५ स्थित हात्तीदहमा सम्पन्न गरेको छ। " एकका लागि सबै र सबैका लागि एक " नाराका साथ आजको चौथो वार्षिक साधारणसभा सम्पन्न गरिएको हो । आजको कार्यक्रममा प्रमुख अतिथि नेपाल निजामती कर्मचारीका केन्द्रीय अध्यक्ष श्री लेखनाथ कोइराला उदघाटन गर्नु भएको थियो त्यसतै विशिष्ट अतिथिको रुपमा रहनु भएका सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी , सिरहा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य रामशंकर यादव, गंगा यादव, सम्झना थपलिया , प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरी , सत्रुधन, प्रसाद सिंह त्यसैगरी राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लहानका पदाधिकारीहरु अध्यक्ष रंजीत कुमार यादव, उपाध्यक्ष कुल बहादुर कटुवाल, सचिव प्रदिप सिंह, कोषाध्यक्ष जलेश्वर यादव, सदस्यहरु सिता निरौला , सुरेश कुमार यादव, दिपेन्द्र कुमार यादव, लगायत लेखा तथा सुपरिवेक्षण समिति , ऋण सिफारिस उपसमिति , शिक्षा उपसमिति, तथा सेयर सदस्यहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।

Open photo

कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत तथा वार्षिक प्रतिवेदन -२०७९ सार्वजनिक गरिएको छ। यस सुचांक विवरणहरु:- हाल सदस्य सङ्ख्या -१०६, कुल शेयर पुँजी :- २८८०००/- , बचतको ब्याज नियमित बचत ८ प्रतिशत , संस्थाको मुख्य कारोबार : बचत तथा ऋण रहेको प्रतिवेदनमा उल्लेख छ। कार्यक्रमका विशिष्ट अतिथि सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीका अनुसार राष्ट्रसेवक कर्मचारीको नागरिक सेवा जनसेवा प्रति निर्वाचनमा गरिएको कामको खुलेर उल्लेखनीय प्रसँसा सहितको वर्णन गरिएको थियोे । यो सँगै उक्त सहकारी संस्था आफैमा एउटा गौरवान्वित रहेको वक्ताहरुले अभिव्यक्ति दिइएका छन। सहकारीको मुल्य मान्यताका आधारहरु:- १. स्वावलम्बन र आत्म सहयोग २. स्व-उत्तरदायित्व ३.प्रजातन्त्र ४. समानता ५. न्याय ६.ऐक्यबद्धता त्यस्तै नैतिक मुल्यहरु :- १. इमानदारीता २. खुलापन ३. सामाजिक उत्तरदायित्व ४. अरुको हेरचाह रहेको बताए ।

सहकारी सिद्धान्तहरु जस्तै :-

१. स्वेच्छिक तथा खुला सदस्यता

२. सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण 

३.सदस्यहरुद्वारा आर्थिक सहभागिता 

४. शिक्षा तालिम र सुचना 

५.सहकारीहरु बीच पारस्परिक सहयोग 

६. स्वायत्तता र स्वतन्त्रता 

७. समुदाय प्रति चासो जस्ता उक्त सहकारीको सिद्धान्त रहेको छ

Open photo

योसँगै आजको साधारणसभाका सभापति तथा संस्थाका अध्यक्ष रुपमा रहनु भएका श्री रंजीत कुमार यादवका अनुसार यो सहकारी संस्था विशेषतः राष्ट्रसेवक कर्मचारीहरुको हकहितमा काम गरिरहेको र गरिदै आएको बताएका छन । कर्मचारीले बचत गर्ने बानी विकाससँगै निर्धारित समयमा लेनदेन गर्ने काम गर्दै आइरहेको बताउनु भयो । यस संस्थाको विशेषता भनेको यस संस्थाबाट विना धितो २ लाख सम्म बार्षिक १० प्रतिशत ब्याजदर ऋण लिन सकिने छ उहाले भन्नु भयो कि यस राष्ट्रसेवक तथा ऋण सहकारी लि लहान सिरहाको भन्दा कुनै पनि सिरहा जिल्लाका सहकारी संस्थाले यति कम ब्याज दरमा ऋण उपलब्ध गराउन नसकिने जानकारी दिनुभयो। यस सहकारी संस्था प्रति कर्मचारी सँगै नागरिक समुदायले दिइएको आस्था र विस्वास प्रति संस्थाका पदाधिकारी गौरवान्वित रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१