ताजा समाचार

बिओपी हरपुर द्वारा १०० किलाे माछा नियन्त्रणमा

  • पुस ८, २०७९
  • ९६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ पुष ०८ । पश्चिम नवलपरासीको सशस्त्र प्रहरी क्याम्प बिओपी हरपुरले १०० किलाे माछा नियन्त्रणमा लिएकाे बिओपी हरपुरका प्रमुख एवम् सप्रनि सुरेन्द्र बहादुर बाेहाेराले जानकारी दिनुभयाे । सशस्त्र प्रहरी क्याम्प बिओेपी हरपुरका सप्रनि बाेहाेराकाे कमान्डमा खटिएकाे सशस्त्र प्रहरी टाेलीले पाल्हिनन्दन गाउँपालिका वडा नं ४ स्थित पाल्हि भगवती मन्दिर नजिक बाट अबैध रुपमा भन्सार छलि ल्यादै गरेकाे उक्त माछा नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ । नियन्त्रणमा लिएकाे उक्त माछा ३००००/- बराबरको रहेकाे छ भने नियन्त्रणमा लिएकाे माछा पशु क्वारेन्टाइन चेकपोस्ट महेशपुर पश्चिम नवलपरासीका प्रमुख शुभम साेती,बिओपी हरपुरका सप्रनानि रामनरेश अहिर,संचारकर्मी सुरेश यादव,२ जना स्थानीयकाे राेहबरमा खाल्डो खनि गाडिएको पशु क्वारेन्टाइनका प्रमुख साेतीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤