ताजा समाचार

काठमाडौं उपत्यकाले फाेहाेर व्यवस्थापन एक साता प्रभावित हुने

  • पुस ८, २०७९
  • १०१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव काठमाडौं - महानगर काठमाडौंले फोहोर व्यवस्थापन एक साताका लागि प्रभावित हुने भएको छ । सिसडोलदेखि बन्चरेडाँडासम्मको दुई किमि सडक मर्मत गर्नुपर्ने भएकाले आइतबारदेखि एक साता फोहोर ढुवानी रोकिन लागेको हो । सिसडोल–बन्चरेडाँडातर्फको सडक स्थायी रूपमा ढलान तथा कालोपत्रे गर्नुपर्ने भएकाले एक साताका लागि फोहोर ढुवानी रोक्न सहरी विकास मन्त्रालयले महानगरलाई आग्रह गरेको छ । सोहीअनुसार महानगरले ढुवानी रोक्ने तयारी गरेको हो । ढुवानी बन्द भएपछि उपत्यकामा नियमित फोहोर व्यवस्थापन कार्य प्रभावित हुनेछ । तर, सडकमै फोहोर थुप्रने गरी व्यवस्थापन नरोकिने महानगरले जनाएको छ । यदि फोहोर सडकमा जम्मा हुने अवस्था देखिएका टेकुमा लगेर थुपारिनेछ । हाल उपत्यकामा दैनिक एक हजार दुई सय मेट्रिकटन फोहोर उत्पादन हुन्छ । सो फोहोरमध्ये झन्डै ७५ प्रतिशत फोहोर सिसडोलमै व्यवस्थापन हुँदै आएको छ । अन्य फोहोर भने निजी कम्पनीसँगको सहायतामा यही व्यवस्थापन हुन्छ ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤