काठमाडौं उपत्यकाले फाेहाेर व्यवस्थापन एक साता प्रभावित हुने

  • पुस ८, २०७९
  • ८३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव काठमाडौं - महानगर काठमाडौंले फोहोर व्यवस्थापन एक साताका लागि प्रभावित हुने भएको छ । सिसडोलदेखि बन्चरेडाँडासम्मको दुई किमि सडक मर्मत गर्नुपर्ने भएकाले आइतबारदेखि एक साता फोहोर ढुवानी रोकिन लागेको हो । सिसडोल–बन्चरेडाँडातर्फको सडक स्थायी रूपमा ढलान तथा कालोपत्रे गर्नुपर्ने भएकाले एक साताका लागि फोहोर ढुवानी रोक्न सहरी विकास मन्त्रालयले महानगरलाई आग्रह गरेको छ । सोहीअनुसार महानगरले ढुवानी रोक्ने तयारी गरेको हो । ढुवानी बन्द भएपछि उपत्यकामा नियमित फोहोर व्यवस्थापन कार्य प्रभावित हुनेछ । तर, सडकमै फोहोर थुप्रने गरी व्यवस्थापन नरोकिने महानगरले जनाएको छ । यदि फोहोर सडकमा जम्मा हुने अवस्था देखिएका टेकुमा लगेर थुपारिनेछ । हाल उपत्यकामा दैनिक एक हजार दुई सय मेट्रिकटन फोहोर उत्पादन हुन्छ । सो फोहोरमध्ये झन्डै ७५ प्रतिशत फोहोर सिसडोलमै व्यवस्थापन हुँदै आएको छ । अन्य फोहोर भने निजी कम्पनीसँगको सहायतामा यही व्यवस्थापन हुन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१