प्रहरी निरिक्षक शैलेन्द्र पाण्डे लागु औषधमा संलग्न लाई धमाधम समात्दै

  • पुस ७, २०७९
  • ८२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, पुस ७ जिल्लाकाे कृष्णनगर क्षेत्रबाट नेपाल प्रहरीले ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ गरेकाे छ । बुधवार राति दस बजे विशेष सुराकीकाे आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डे तथा प्रहरी चौकी बेदर्मीका प्रहरी सहायक निरिक्षक अजय कुमार गुप्ता समेतको संयुक्त प्रहरी गस्ती टोलीले लु ७६ प ३६८३ नम्बरको मोटरसाईकलमा कृष्णनगर नगरपालिका वडा नं. १२ , मानपुर गाउँ बस्ने वर्ष २२ का दुर्गा प्रसाद खटिकलाई चेकजाँच गर्दा कालो सुन्तला रङको ज्याकेटमा छिपाई राखेको ४५ ग्राम लागु औषध खैरो हेरोइन ( ब्राउन सुगर ) बरामद गरिएकाे छ । पक्राउ परेका खटिकलाई म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा राखिएकाे इप्रका कृष्णनगरका प्रनि पाण्डेले बताउनुभएकाे छ । लागु औषध बिरूद्ध आक्रमक शैली अपनाएका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डे ले केहि समय अगाडि चरेस सहित मानिस समात्न सफल रहदै केही हप्ता अगाडि १६.५ केजी अफिम सहित ३ महिला लाई समेत समातेकोमा लागु औषध सेवन गर्ने व्यक्ति हरूलाई पक्राउ गरि शुक्ष्म तरिकाले अनुसंधान गरिरहेका पाण्डे ठूलो मात्रामा ब्राउन सुगर समात्न सफल भएका छन् l इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले कुरा गर्दै आफू लागु औषध तथा मानव बेचबिखन जस्ता जघन्य अपराधमा संलग्न लाई कानुनी दायरामा ल्याउने तथा समाजमा शान्ति सुरक्षा स्थापित गर्न हर सम्भव प्रयास गरिरहने बताए l

प्रतिक्रिया दिनुहोस

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१