बाला सुन्दरी भगवती मनाेकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक

  • पुस ५, २०७९
  • १९०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव लहान - नेपालमा धेरै शक्तिशाली पीठहरु मध्ये मधेश प्रदेश काे सिरहा जिल्लामा पर्ने भगवानपुर गा पा मा अवस्थित भगवानपुर चौक देखि ३०० मीटर पुर्वमा अवस्थित बालासुन्दरी भगवती मन्दिर को गथा र प्रसिद्धि नेपाल तथा भारतमा समेत रहेको छ प्रत्येक वर्ष दशमीमा बालासुन्दरी भगवती मन्दिरमा भक्तजनहरु टाढा र नजिक बाट आएर आफ्नो मनोकामना पुरा गर्न भाकल र पुजापाठ गर्ने गर्दछन । बाला सुन्दरी भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुॅदा नेपाल र भारतका आम जनमानसको ठुलो आस्था रहेको छ । यो मन्दिर भारतीय सीमा नजिक रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान् चाड दशैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ । प्रायजसो हिन्दूहरू साना ठूला सवारी किन्दा चोख्याउन यहाँ आउने गरेका छन्।

Open photo

सडक मार्गबाट प्रवेश गर्ने सम्पूर्ण आन्तरिक तथा बाह्रय पर्यटकहरु भगवानपुर गा पा प्रवेश गर्ने हुलाकि राजमार्ग र लहान र ठाड्डी जोडने मार्गबाट सजिलै पुगन सक्ने साईकल, गाडी र पैदल यात्राबाट पनि पुग्न सकिन्छ । भगवानपुर गा पा को छिम्मेकि गा पा हरु नवराजपुर गा पा र सखुवानन्कारकट्टि गा पा हुन। बालासुन्दरी भगवती मन्दिर कुनै नया र हालमा स्थापित शक्तिपीठ नभई प्राचीन कालदेखि स्थापित शक्तिपीठ हो । भक्तजनहरुमा आस्था र भरोसाको केन्द्र बालासुन्दरी भगवती मन्दिर त्यसै प्रसिद्ध नरहेको बताउछन स्थानीय बुजुर्गहरु यहॉ आएर मनमा रहेको ईच्छा आकांक्षा समेत पुरा हुने गर्दछन ।

प्रतिक्रिया दिनुहोस

घुर्मी नदी किनारमा फ ...

लहान असोज ३० । सिरहाको गोलबजार नगरपालिका–१० स्थित घुर्मी नदी किनारमा झाडीभित्र फालिएको अवस्थाम ...

लहान सडक डिभिजनका तत ...

लहान, असोज ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, लहानका तत्कालीन डिभिजनल इन्ज ...

सखुवानन्कारकट्टीमा न ...

रहमुल लहान २९ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नागरिक सुनुवाई तथा लागुऔषध नियन्त्रण सम्ब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१