Siraha Times
ताजा समाचार

स्थानिय सरकार दर्शक बन्दा बनेनन् सरे खोलाको पुल

  • पुस ४, २०७९
  • ६७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस ४ । मधेस प्रदेशको सिराहा जिल्लाको लहान नगरपालिका वडा नं २४ गोविन्दपुर स्थित रहेको सरे खोलाको निर्माणाधीन परियोजना अन्तर्गतका पूल हालसम्म अपूरो तरिकाले निर्माण बाँकी रहेको देखिन्छ । पर्यटन क्षेत्रको रूपमा रहेको माणिक दहको विकाशको उदेश्यले थालिएको पुलको अधुरो काम भएता पनि बाकी काम भने ओझेलमा परिरहेको अवस्था रहेको पाइन्छ । मानिक दहलाई पर्यटन क्षेत्रको मूलधारमा ल्याउनका अतिरिक्त स्थानिय करिब २५ हजार जनसंख्याको वर्षा याममा आवत जावतको सहजतामा सहयोग पुग्ने हिसावले थालिएको पुलको समयमा निर्माण नगरिँदा स्थानिय जनताहरू चिन्तित बनेका छन् । सरे खोलामा वर्षाको समयमा आउने बाढीको कारण वर्षेनी अकालमा ज्यान गुमाउनेको संख्या पनि उत्तिकै रहेको देखिन्छ । निर्माण कम्पनी र स्थानिय निकायले पुलको बारेमा आफ्नो ध्यान केन्द्रित नगर्दा पुल निर्माणमा समस्या उत्पन्न भएको स्थानीयको गुनासो रहेको पाइन्छ । पुलको निर्माणपछि माणिक दह लगायत लहान नगरपालिका भित्र पर्ने बानो, खेसराहा लगाएतका जनतालाई पूर्व पछिम एक मात्र राजमार्गसँग जोडिनका लागि सहज हुने देखिएको अवस्था हुँदाहुँदै पनि स्थानिय सरकारले आफ्ना ध्यान केन्द्रित नगर्दा पुल जस्तो भौतिक संरचना ओझेलमा परेको यथार्तको सहजै अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१