राम गाेरखा माविकाे नया व्यास्थापन समिति गठन

  • पुस ३, २०७९
  • ७०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , पाैष ३ । जिल्लाकाे पुरानाे विद्यालय राम गाेरखा माविमा वैभव प्रताप शाहकाे संयाेजकत्वमा नया व्यवस्थापन समिति गठन भएकाे छ । कृष्णनगर नगरपालिकाकाे बहादुरगंजमा रहेकाे जिल्लाकै पुरानाे विद्यालय राम गाेरखा माविमा विद्यालय व्यवस्थापन समितिकाे नया पदाधिकारी सर्वसम्मतले चयन भएका छन । आज समिति चयनका लागि बाेलाइएकाे अभिभावक भेलामा जग्गादाता परिवारबाट मनाेनित भई अध्यक्ष पदमा वैभव प्रताप शाह चयन भएका हुन । भेलाले सदस्यहरु हरिराम प्रसादकुर्मी ,प्रेमा हरिजन ,केशव शुक्ला, अनिता कहांर र सरिता सिंह लाई सर्वसम्मत चयन गरेपछि विद्यालय जग्गादाता एवं संस्थापक सदस्य वैभव प्रताप शाहलाई संयाेजकमा मनाेनित गरेकाे सदस्य सचिव एवं विद्यालयका प्रधानाध्यापक प्रदीप सिंहले बताउनुभयाे ।

त्यस्तै भेलाले कृष्णनगर नगरपालिका वडा छ का माैलाना सफिक अहमदकाे अध्यक्षतामा विद्यालय अभिभावक समितिमा चयन गरेकाे छ भने सदस्यहरुमा बब्लु यादव ,राममिलन हरिजन , दुलारमति नाउ , स्वामी दयाल यादव ,नरेन्द्र चाैधरी लगायत सर्वसम्मतमा चयन भएका छन । विद्यालयका पुर्वअध्यक्ष एवं कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाहले नवगठित विद्यालय व्यावस्थापन समितिले विद्यालयलाई नमुना बनाएर प्रविधिक क्याम्पस संचालनतिर ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे । नगरप्रमुख शाहले नवगठित समिति स्थानीय तहसंग समन्वय गरे पुर्वाधार लगायत जनशक्ति व्यवस्थापनमा निरन्तर सहयाेग गर्ने प्रतिवद्धता गर्नुभएकाे थियाे ।

नवनिर्वाचित अध्यक्ष वैभव प्रताप शाहले आफ्नाे कार्यकालमा विद्यालयकाे पुर्वाधार निर्माण , जनशक्ति व्यवस्थापन , स्मार्ट प्रविधिबाट शिक्षा , यातायात व्यवस्थापनमा केन्द्रीत हुनुका साथै व्यवासयिक प्रविधिक शिक्षामा जाेड दिने याेजना रहेकाे बताउनुभयाे । उनले अहिलेकाे डिजिटल युगमा बिद्यार्थीहरुलाई सुचना प्रविधिमैत्री शिक्षा प्रदान गर्न अतिआवश्यक रहेकाले प्रविधिक क्याम्पस नै संचालन गर्न समिति अग्रसर रहने बताए । राम गाेरखा माविमा अहिले कक्षा १२ सम्म शिक्षा , व्यवस्थापन संकायमा शिक्षण भइरहेकाे छ भने सिटिईभिटी तर्फ प्लान्ट साइन्स र एनिमल साइन्सकाे १८ महिने काेर्ष संचालनमा रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

पोखरिया नगरपालिकामाथ ...

रंजित चौरसिया,वीरगंज १ जेष्ठ। पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको ...

पालिकाको जनतालाई तिन ...

रंजित चौरसिया बारा १ जेष्ठ। बाराको देवताल गाउँपालिकामा तिन जना पदाधिकारी मिलि जनतालाई गुमराह पार्ने ...

जसपा नेपाल फुटाउने ह ...

जेठ १ । जनता समाजवादी पार्टी नेपाल फुटाएर नयाँ दल दर्ता गराउने सांसदहरुको पद नै धरापमा पर्ने भएको छ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१