Siraha Times
ताजा समाचार

सिराहा शाखाको १३ साधारण सभा भव्यताका साथ सम्पन्न

  • पुस २, २०७९
  • ११८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल पुस २ । नेपाल पत्रकार महासंघ सिरहा शाखाकाे १३ औँ साधारणसभा लहानकाे सल्हेस फुलबारीमा सम्पन्न गरिएको छ । शाखा अध्यक्ष मनाेज बनैताकाे अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमूख अथिति लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी , बिशिष्ट अथिती नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य ललिता शाह , पूर्व शाखा अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता, लगायत जिल्लाका पत्रकारहरुको उपस्थितिमा आयोजित कार्यक्रममा अथितीहरुलाई नेपाल पत्रकार महासंघ सिराहा शाखाकी उपाध्यक्ष रिनकु कुमारी दासले गम्छा ओढाएर स्वागत गरेका थिए । कार्यक्रमको शुरुमा नेपालको राष्ट्रिय गान गाइएको थियाे भनें तत्पक्षात ज्ञात अज्ञात शहिदहरुप्रति मौनधारण गरिएको थियो । कार्यक्रमलाई औपचारिकतामा प्रवेस गराउँदै प्रमूख अथिती र बिशिष्ट अथिती ज्यूले सामूहिक रूपमा १३ साधारण सभाको व्यानर खोलेर कार्यक्रमको उद्दघाटन गरेका थिए ।

कार्यक्रममा अथितीहरुलाई स्वागत गर्दै आफ्ना मन्तब्य शाखा सचिव शिबदयाल यादवले राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार जिबछ यादवले सिरहामा खोजमूलक पत्रकारिता आवस्यक रहेको बताउनु भएको छ भने सिरहाका दिग्गज पत्रकार अनिरुद्ध ठाकुरले पत्रकारलाई प्रशासनिक सहयोग दिनु पर्नेमा जोड दिनु भयो । अथितिको रूपमा पत्रकारहरु अर्जुन प्रसाद गुप्ता, अर्जुन थपलिया ,रामबाबु यादव लगायतले पत्रकारहरुको समसामायिक समस्याप्रति आ आफ्ना भनाई राखेका थिए भने बिशिष्ट अथिती ललिता शाहले सिराहा शाखाको वर्तमान समस्यालाई नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको बैठकमा राख्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले महासंघको भवन निर्माणका लागि १० धुर जग्गा उपलब्ध गराउने उद्घोष गर्नु भएको छ । पुर्व निर्धारित समय बमोजिम सलहेस फूलबारीको सभा हलमा आयोजित कार्यक्रममा उद्घोषण रेडीयो आकाश गंगाका पत्रकार संजय यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१