खातुनको खोजीमा सहयोगको अपिल

  • पुस १, २०७९
  • ८२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल १ पुष । सप्तरी बोदेबर्साइन न पा २ गौरा बस्ने मो० उसमानको पत्नी अमिला खातुन हिजो बिहिबार स्थानिय बर्साइन बजारमा सर सामान किन्न गएकी थिइन तर यो समाचार तैयार पारुन्जेल आफ्नो परीवारको सम्पर्कमा नआएको बुझिएको छ । खातुनको पारिवारिक स्रोतका अनुसार खातुन हटीया बजार सकेर घर आउने क्रममा बजार देखि उतर २ कि मी गौरा जानू पर्नेमा भुलबस पश्चिम तिर हुलाकी सडक हुँदै भगवानपुर र त्यहाँ देखि उत्तर लहान जाने सडकको महेशबारी थाना अगाडी आज बिहान ९:० बजे देखिएको जानकारी निज खातुनकी देवरानी छोरा मो० मुस्तुफले दिएका हुन । स्मरण शक्ति कमजोर रहेको र आफ्ना परीवारसंग मात्र कुराकानी गर्ने बानी रहेको खातुनको खोजतलासका लागि परीवार जनले आम सबैलाई आग्रह गरेका छन । खातुनको खोजतलासमा आवस्यक सहयोगको लागि नागरिक समाज , संचारकर्मी , सुरक्षा निकाय लगायत सम्पुर्णमा परीवार जनले अनुरोध गरेका छन । खातुनको घरको सम्पर्क नम्बर ९८१४५२९१९६ र ९८१९९१११५९ रहेको छ । यसका साथै नजिकको प्रहरी चौकीमा खवर गरिदिनका लागि समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

नवराजपुरमा एनसीसी क् ...

रहमुल, लहान ६ पुस । सिरहाको नवराजपुर गाउँपालिका वडा न.४ स्थित जनता नमुना प्राविधिक धार माध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१