Siraha Times
ताजा समाचार

ब्लू स्काई स्टुडियोद्वारा सरसफाई कार्यक्रम सम्पन्न

  • मंसिर २९, २०७९
  • १४०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल सिरहा मंसिर २१। नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाको वडा नं ५ घण्टाघर बाल मन्दिर स्थित ब्लू स्काई स्टुडियोको अगुवाईमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । परासी स्थित रहेको बालमन्दिर प्रती स्थानिय राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले व्यवस्थापकीय पक्षमा ध्यान केन्द्रित नगर्दा परिसरमा वनमारा घारी पलाएको हो । बालमन्दिर सरसफाई तथा विकासप्रति निकाय मौन रहेको अवस्थामा स्थानिय स्तरका निकायलाई जानकारी हुँदा हुँदै कानमा तेल र आँखामा चस्मा लगाएर बसिरहने निकायका अगाडी ब्लू स्काई स्टूडियोका दीपक सहानीकाे अगुवाईमा " आफ्नो ठाउँ आफैं सफा राखौ र राम्रो कामको शुरुवात आफैबाट गरौ " भन्ने मुल नाराका साथ परिसरमा भएको झारपात र फोहोरको सरसफाई गरिएको थियो । स्टूडियोका प्रशिक्षक र परीक्षार्थीको संयुक्त सहभागितामा गत मंसिर २४ गते विहान करीब १० बजेदेखि ४ बजेसम्म सरसफाई गरिएको थियो । कलिला बालाबालिकाहरुमा निकायहरुले वातावरणीय पक्षमा कसैले ध्यान केन्द्रित नगर्ने पक्का भए पछि उक्त सरसफाई थालिएको बुझिएको हो ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१