हतियार प्रहारबाट महिलाको हत्या

  • मंसिर २८, २०७९
  • ९५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर २८ । सिरहाकाे मिर्चैयामा महिलामाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । हत्यारालाई पक्राउको माग गर्दै स्थानीयद्वारा मिर्चैयास्थित पुर्व पछिम राजमार्ग केही समय अवरुद्ध गरिएको थियो । सिरहाकाे मिर्चैयामा धारीलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ। सिराहा जिल्लाको मिर्चैया नगरपालिका २ का ३० वर्षिय लक्ष्मीनियाँ कापरको नजिकैको कर्जन्हा नपा ६ को जङ्गलमा दाउरा लिन गएका बेला ३–४ जना युवा समूहले धारीलो हतियार प्रहार गरी महिलाको हत्या गरेपछि जंगलमा महिलाको मृत्यु भएको थियो । दाउरा लिन जंगल गएका बेला पछ्याउँदै गएका युवाहरुले जवरजस्ती करणी गर्ने प्रयास गर्ने क्रममा जंगलमा धारिलो हतियारले महिलाकाे घाटी र पेटमा प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यलय मिर्चैयाका प्रमुख डिएसपी हरि बहादुर ओलीले जानकारी दिए । दाउरा लिन सँगै गएका महिलाहरुले देखेपछि गाउँमा खवर पुर्याएका थिए । उनीहरुकै भनाई अनुसार गाउँलेले किटानी जाहेरी दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

नवराजपुरमा एनसीसी क् ...

रहमुल, लहान ६ पुस । सिरहाको नवराजपुर गाउँपालिका वडा न.४ स्थित जनता नमुना प्राविधिक धार माध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१