ताजा समाचार

सुकुन्दा बार्षिक पत्रिका बिमोचन हुने

  • मंसिर २७, २०७९
  • १७२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । नेवाः विद्यार्थी युनियनको विशेष सकृयतामा ४२ वर्ष अर्थात् ने।सं ११०१ स्थापना भई बन्द भएको सुकुन्दा साहित्य पाला पुनर्गठन भएको एक वर्ष पश्चात सुकुन्दा बार्षिक पत्रिका बिमोचन गर्ने भएको छ। रत्न राज्यलक्ष्मी क्याम्पसको गौरवमय इतिहास बोकेको मुख पत्र सुकुन्दा साहित्य पाः लाः द्वारा सुकुन्दा बार्षिक पत्रिका बिमोचन तथा नेपालभाषा अध्ययन गर्ने विलक्षण प्रतिभाका धनी बिद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ। नेपालभाषा अभियान्ताहरुको सक्रियतामा वि।सं। २०७४ सालमा बि।ए। तहमा नेपालभाषा कक्षा पुनः स्थापना पश्चात वि।सं। २०७८ साल कार्तिक २६ गतेदेखि नेपालभाषा इतिहासमा नयाँ इट्टा थप्ने कार्य भएको छ । रत्न राज्यलक्ष्मी क्याम्पसको सभा हलमा भोलि बुधबार मंसिर २८ गते बुधबार बिहान सात बजे हुने कार्यक्रम हुने भएको छ । नेपालभाषा अभियान्ताहरुको सकृयतामा व्यक्तित्व बिकास, शाररिक, मानसिकका लागि अन्तरक्रिया, हाइकिङ, वनभोज, सांकृतिक अवलोकन भ्रमण, शैक्षिक भ्रमण गतिविधिहरु गर्दै लगायत विविध गतिविधिहरू गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤