Siraha Times
ताजा समाचार

पश्चिम नवलपरासीमा व्यापक रुपमा नदि जन्य उत्खनन : प्रहरी प्रशासन माैन

  • मंसिर २७, २०७९
  • १११३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव, नवलपरासी / मंसिर २७ पश्चिम नवलपरासीको विभिन्न खाेलाहरु बाट नदि जन्य पदार्थ व्यापक रुपमा भईरहेकाे पाईन्छ । यस जिल्लाका प्रहरी प्रशासन र सराेकारवालाहरु माैन देखिन्छन् । जिल्लाकाे सुनवल नगरपालिका ,रामग्राम नगरपालिका,बर्दघाट नगरपालिका,सुस्ता गाउँपालिका,प्रतापपुर गाउँपालिका लगाएतका खाेलाबाट नदि जन्य पदार्थ वर्षाै देखि उत्खनन हुदै आईरहेकाे छ । सुस्ताकाे नारायणी ( गण्डक ) नदि,खजुरा खाेला,तुरिया खाेला,झरही खाेला,भलुही लगाएतका खाेलाबाट गिट्टी,बालुवा,ढुंगा,माटाे,मिसकट,भस्कट लगाएतका नदि जन्य पदार्थहरु निकाली स्थानीय खाेला तस्करहरुले बिक्रीवितरण गर्दै आईरहेकाे स्थानीयले आराेप लगाएका छन् । जिल्लामा हालसम्म कुनै सराेकारवालाहरुले ठेक्का सम्झौता नगरेता पनि खाेला तस्करहरुले दिन रात खाेलाहरु बाट विगतका दिनमा उत्खनन गर्दै आएका छन् । भने यस प्रति नत प्रहरी नत प्रशासन नत स्थानीय पालिकाहरुले ध्यान दिन छाडेका छन् । साथै सम्पूर्ण सराेकारवालाहरुकाे मिलाेमतमा नै खाेलाहरुबाट नदि जन्य पदार्थहरु निस्कासन हुदै आईरहेकाे स्थानीयहरुकाे भनाई रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१