इप्रका कृष्णनगरको ठूलो सफलता १६ केजी अफिम सहित तीन जना पक्राउ

  • मंसिर २६, २०७९
  • ९०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कपिलवस्तु मंसिर २६ कपिलवस्तुको नेपाल भारत सिमानाका कृष्णनगर स्थीत यात्रुगेटबाट नेपाल प्रहरीले १६ किलो अफिम सहित ३ महिलालाई पक्राउ गरेको छ । जिल्लको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजादै गरेको आवस्थामा लागु औषध अफिम सहित ३ महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मानपुर बस्ने वर्ष ४३ की आस कुमारी बुढा, दाङ लमही नगरपालिका वडा नं. ४ लमही बस्ने बर्ष ४८ की नर्मला बिक र रोल्पा घर भई हाल लमही नगरपालिका वडा नं. ४ लमही बस्ने बर्ष ३६ की भावना पुन मगर रहेको प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेले जानकारी दिनुभयो । सोमबार दिउँसो १ बजे नेपालबाट भारत जादै गर्दा शंकाले खानतलासी पुर्जी अनुसार ति महिलाहरुले कम्मर भागमा कालो कपडामा लुकाएको आवस्थामा अफिम बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद अफिमको बारेमा थप अनुसान्धान जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका महिलाहरुलाई प्रहरी हिरासतमा राखीएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

पूर्व स्ववियु सभापति ...

लहान, कात्तिक ८ । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानका पूर्व स्ववियु सभापति रामकृष्ण यादवको पहलमा ...

भव्य र सभ्य तरिकाले ...

अजय मिश्र, कपिलवस्तु , कार्तिक ८। कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा लक्ष्मी पूजाको आवसरमा स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१