साल्टट्रेडिङ लहानमा कर्मचारी सहकारीको मिलेमतो किसानले खेतबाँझै राख्नुपर्ने अवस्था

  • मंसिर २५, २०७९
  • ७१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार, लहान २५ मंसिर । मंसिरमसान्त सकिनै लाग्दापनि मधेश प्रदेश लगायत अन्य ठाउँका किसानहरुले गेहुँ छर्न पाइएका छैन । यसले गर्दा सिराहाका किसान यतिबेला चिन्तितसँगै दु:खी देखिएको छ। यता, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड लहानमा कर्मचारी र सहकारी मिलेर मलखाद्य घुप्पचुप्प गर्नमा लागेको देखिन्छ । केही समय उता, करिब १० दिन पहिले भर्खरै जनमत पार्टीबाट निर्वाचित भएका प्रदेश सांसद संजय यादवको टोलीले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अफिस कार्यालय लहानमा अनुगमन गर्दा , त्यहाँ कर्मचारीहरुले निकै लापरबाही गरि रहेको देखियो । जस्तो कि सुचना लुकाउने , सुचना पार्टीमा सुचना नराख्नु, गोदाममा मल राख्ने किसानलाई नदिने , कार्यालय प्रमुख जितेन्द्र कुमार साह अनेकन बहानामा हप्तौंहप्ता गायव रहने , बाहिर बस्ने अनेकन बेतिथि देखिएको थियोे ।

कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख दिपक पौड्यालपनि कसैभन्दा कम छैन । वहाँ पनि दिनभर गेहुँ , मलको चलखेलमा उतिकै बर्चस्व राख्ने गर्दछन। मल छैन जानुस् सहकारीमा लिनुस हामीले बितरण गरि सकियो , हामी दिन मिल्दैन जस्ता प्रतिक्रिया दिने गरेको किसानहरू सुनाउँछन् यो सँगै किसानले गेहुँ बिउँ र मलको अभाव खेपिरहदा किसानलाई साहाराको कुनै बाटो देखिएको छैन, सबै मौन छन । साल्ट ट्रेडिङ कार्यालयका एक कर्मचारीका अनुसार डिएपी मल हामी दिदैनौं, त्यसको सट्टामा एसएसपी मल आएको र , त्यो सहकारीलाई स्थानीयतह पालिकाको सिफारिसमा दिन्छौं । युरिया छ , तर प्रत्यक्ष किसानलाई दिदैनौं। ८१७ पर्ने अहिले युरिया अहिले १५०० मा कुनैकुनै सहकारीले बेच्ने गरेका छन। सिराहामा कालोबजारी बढेकै छ। सेटिङ , मिलेमतो भएकै छ। तर, निकायको मौनता र मिलेमतो कायमै छ।

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१