पत्रकार सिंह माथि घटेका घटणाको कारवाहीकाे माग गर्दै पत्रकार महासंघ सिराहा शाखा

  • मंसिर १९, २०७९
  • १००४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल मंसिर १९ । गत मंसिर १२ गते सिरहाको सखुवानन्कारकट्टी गाउपालिका वडा नं ५ इटहर्वा स्थित रामजानकी बिबाह पञ्चमीको अवसरमा लगाइएको मेलामा सामाचार संकलन गर्न पुगेका सिरहाका पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुले हातपात गरेको विषयप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाहीको माग गरेका छन । नवराजपुर गाउपालीका अध्यक्ष शिवउदगार यादवले प्रयोग गर्दै आएको सरकारी गाडिमा बिना हेलमेट तीन जना सवार युवाहरू चन्दन कुमार यादव, पप्पु यादव र अमित कुमार यादवले " आफूहरुको फोटो किन खिचेको " भन्दै पत्रकार सिंहलाई गालीगलौज तथा निर्घात कुटपिट गरेका थिए । गाउँपालिकामा अध्यक्षको लागि सरकारले प्रदान गरेको बाइक प्रदेश ०१ _००१_बा ०३२३ नम्बरको सरकारी प्लेटको गाडीमा कालो ड्रेसमा तीन जना सवार गर्दै आएको अवस्थामा सिंहले देखेपछि फोटो खिचेका थिए । पालिका अध्यक्षका छोरा चन्दन यादवको नेतृत्वमा आएका युवाहरुले पत्रकार सिंहलाई गालीगलौज तथा निर्घात कुटपिट गरेको घटनाप्रति पत्रकार महासंघ सिराहा शाखाले आफ्नो गम्भिर ध्यनाकर्षण गर्दै घटनाको सत्य तथ्य बुझी दोषीमाथि कारबाहीको माग गर्दै बिजिप्ती जारी गरेका छन् ।

Open photo

प्रतिक्रिया दिनुहोस

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

नवराजपुरमा एनसीसी क् ...

रहमुल, लहान ६ पुस । सिरहाको नवराजपुर गाउँपालिका वडा न.४ स्थित जनता नमुना प्राविधिक धार माध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१