ताजा समाचार

सफल प्रमूख जिल्ला अधिकारी कतार विश्व कपमा दर्शक

  • मंसिर १८, २०७९
  • १०२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल मंसिर १८। मधेश प्रदेशको सिराहा जिल्लाको प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडी ज्यू विश्व कप हेर्नका लागि कतार पुग्नु भएको छ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपुर्ण तवरले सम्पन्न गराउनमा महत्वपूर्ण भूमिका निभाएका प्रमुख जिल्ला अधिकारी चौतर्फी चर्चाका पात्र बनेका छन् । अत्यन्तै नरम स्वभाव र दूरदर्शिताका धनी कवाडी विश्व फुटबल प्रतियोगिता हेर्नका लागि कतार पुग्नु भएको हो । त्रिभुवन अ्तर्राष्ट्रिय विमान स्थलबाट हवाई यात्रा गरेर कतार पुगेका कवाडीलाई कतार स्थित विभिन्न कम्पनीहरुमा कार्यरत सिराहा बासीहरुले एयरपोर्टमा फूल माला र खाँदा ओढाएर भब्य स्वागत गरेका छन । कवाडी कतार आउने खवर पाएपछि एयरपोर्टमा उनलाई स्वागत गर्नका लागि एक दिन अगाडि देखी सिराहाबासी काम छोडेर प्रतिक्षामा बसेको श्रोतले जनाएको छ । कतार पुगेका कवाडीले आफ्नो पारिवारिक भेटघाट गरेका छन भने कतार स्थित विभिन्न खेल रंगशालामा पुगेर विश्व कप हेर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤