Siraha Times
ताजा समाचार

विकाशमा पछि पर्दै मिर्चैया नगरपालिका

  • मंसिर १६, २०७९
  • १२०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर १६ । सिराहाको औद्योगिक नगरीको रूपमा परिचित मिर्चैया नगरपालिकामा स्थानिय सरकार गठन भएको करीब लगभग ६ वर्ष पूरा भएपनि विकास हुन सकेको छैन । सिरहाका मिर्चैया नगरपालिका नगर प्रमुख श्रवण कुमार यादवले दिनप्रतिदिन वाचा तथा प्रतिबद्धताहरु थप्दै आएका छन् तर हालसम्म कुनै पनि प्रतिबद्धता पूरा हुनु सकेको छैन । मिर्चैया स्थित महेन्द्र राजमार्गको कटारी चोक देखि थाना क्षेत्र सम्म सडकमा धूलो उडिरहेको अवस्था रहेको पाईन्छ भने ग्रामीण शेत्रमा समेत सडक लगायतका विकाशको अवस्था जीर्ण बन्दै गइरहेको छ । नगर प्रमुख यादवको दोश्रो कार्यकालको शुरुवात भएपनि विकाशमा मिर्चैया नगरपालिका पछि परिरहेका छन् । मेयर यादवको अगाडी वडा अध्यक्ष ज्यूहरु डराएर बस्नुपर्ने बाध्यताले गर्दा सही कुराको उठान नगरमा हुन नसकेको स्थानीयको गुनासाे पाईन्छ । मिर्चैयाका नगर प्रमुख श्रवण कुमार यादवले नै भनेका छन् । १. ५ वर्षअधि मिर्चैया नगरपालिकालाई नमुना नगरपालिका बनाउने ।

२.मिर्चैयाका सबै बिद्यालयहरुमा एकनास पठनपाठन ,पोशाक लागू र एकै लेखकका पुस्तकहरु लागू गर्ने ।

३.मिर्चैया वडा न ४ कुथनमालाई एक नमुना गाउँ बनाउने ।

४.जाउ मिर्चैया हेरौ,शहर भने भनाई पुरा गराउने यस्ता प्रतिबद्दताहरु आम जनताका सामु प्रस्तुत गरेपनि हालसम्म कुनै पनि पुरा हुन् सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१