कर्तव्य गरी ज्यान मार्ने २ जना मानिसहरु प्रहरी नियन्त्रणमा

  • मंसिर १२, २०७९
  • ७१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर १२ । कर्तव्य गरी ज्यान मारेको आरोपमा दुई जनालाई सिराहा प्रहरीले पक्राऊ गरेकाे छ । मिति २०७९।०८।०९ गते अं. २३:४० बजेको समयमा जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. १ बडहरी टोल स्थित नरगी-बडहरी सडक खण्डमा जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. १ नरगी टोल बस्ने अं. बर्ष ३२ को राम शंकर यादवको मृत लाश फेला परेको थियो । घटनाको प्रारम्भिक अनुसन्धानमा अजय कुमार साह र दिपेन्द्र कुमार यादव समेतका व्यक्तीहरुले राम शंकर यादवलाई कर्तव्य गरी हत्या गरेको घटनामा निजहरु बिरुद्ध कर्तव्य ज्यान मुद्दा शिर्षकमा जाहेरी प्राप्त भएपछि जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं.१ बडहरी टोल बस्ने अं. बर्ष ४८ को दिपु भन्ने दिपेन्द्र कुमार यादव र २) ऐ.ऐ. बस्ने अं. बर्ष ४२ को अजय कुमार साह लाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहाका मालपोत प्रमु ...

रहमुल लहान २५ मंसिर । भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइराल ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज २४ मंसिर। नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा स ...

श्रम संस्कृति पार्टी ...

रहमुल,लहान २४ मंसिर। श्रम संस्कृति पार्टीले सिरहाको कल्याणपुरमा संगठन विस्तार र जनसंपर्क सुदृढीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१