ताजा समाचार

प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • मंसिर १०, २०७९
  • १२६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर १० । सिराहाको गोलबजार नगरपालिका मा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । मिति २०७९।०८।०९ गते जिल्‍ला सिरहा गोलबजार नगरपालिका वडा नं. ०६ स्थित गोलबजारमा, गोलबजार नगरपालिकाको कार्यालय, मुक्ति नेपाल गोलबजार सिरहा, दलित विकास मञ्च (DDF) गोलबजार, ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाको संयुक्त आयोजनामा गोलबजार नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत आनन्द कुमार पौडेलको अध्यक्षतामा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाका प्र.ना.नि. राजिब यादव तथा प्रहरी जनशक्तिहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरु, स्थानिय समुदाय, बुद्धिजिबिहरु समेत भेला जम्मा भई ईलाका प्रहरी कार्यालय गोलबजारबाट अर्न्तराष्ट्रिय नारा “UNITE: ACTIVISM TO END VIOLENCE AGAINST WOMEN AND GIRLS” आधारमा तय गरिएको “सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा बिरुद्धको अभियान” भन्ने राष्ट्रिय नाराका साथ बिभिन्न सचेतनामुलक प्ले कार्ड सहित “३१ औं लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको । सो कार्यक्रम गोलबजारको गोलपार्कबाट र्‍याली निकाली बजार परिक्रमा गरी नगरपालिका कार्यालयमा गई अन्तरक्रिया समेत गरी कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤