सिराहा क्षेत्र नं २, मा मतगणना सम्पन्न

  • मंसिर १०, २०७९
  • ९१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल मंसिर १० । सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं २ मा प्रदेश सभा र प्रतिनिधी सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना कार्यक्रम सम्पन्न भएको छ । मंसिर ५ गते बेलुका ७ बजेर १५ मिनेटमा सर्वदलीय बैठक समापन भएपछि मतगणना उक्त रातीको १० बजेर २० मिनेटमा शुरु गरिएको थियो । मधेश प्रदेशको सिराहा जिल्लामा कूल जनसङ्ख्या ६३५,०१८ मध्ये ४२२७१२ मतदाता रहेको पाईन्छ । करीब २२४०९९ पुरुष मतदाता र १९८६११ महिला मतदाता रहेको यस जिल्लामा ४ प्रतिनिधि सभा सदस्य निर्वाचन र ८ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नं २ मा कुल १ लाख ७ हजार ४६५ मतदाता रहेको मध्ये ७३३३० मत खसेको थियो जहाँ कुल १३० मतदान केन्द्रबाट आम मानिसले मतदान गरेका थिए । सिरहा निर्वाचन क्षेत्र नं २ मा अहिलेसम्म प्रदेश तर्फ सत्रुघन महतो प्रदेश ख बाट र संजय कुमार यादव क बाट विजयी भएका छन् भनें प्रतिनिधी सभा सदस्यका लागि राजकिशोर यादव विजयी भएका छन ।

सिराहा निर्बाचन क्षेत्र नं २ मा मंसिर ९ गते राति ११ बजेर ४० मिनेटमा प्रतिनिधि सभा सदस्यका लागि भएको मतदानका अन्तिम बाकस खोलिएको थियो । अन्तिम बाकसको गणना राती १२ बजेर ३५ मिनेटमा सकिएको थियो । निर्वाचन कार्यालयले रातको १, बजेर २६ मिनेटमा निर्वाचित प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई धनगढीमाई नगरपालिकाको प्रशासनिक भवनमा निर्वाचन अधिकृत मुकुन्द निरौलाले फूल माला र अविर लगाएर प्रमाणपत्र हस्तान्तरण गरेपछि औपचारिक रूपमा सिराहा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना सम्पन्न भएको थियो । यता समानुपातिक मत गणना भने जारी रहेको छ । संग्रहमा सिरहा निर्वाचन क्षेत्र नं २ को मतदान र मतगणना शान्तिपूर्ण रहेतापनि शुरुवातमा मतगणना पूर्व थालिएको सर्वदलीय बैठकमा समाचार संकलनमा पत्रकारहरुलाई रोक लगाएपछि धनगढीमाई निर्वाचन क्षेत्र २ को निर्वाचन अधिकृत कार्यालयको मुख्य गेटमा पत्रकारहरुले धर्ना बस्नु परेको थियो ।

सर्वदलीय बैठकमा समाचार संकलनका लागि विहान ९ बजेर ४५ मिनेटमा निर्वाचन अधिकृतको कार्यालय पुगेका पत्रकारहरुलाई दिनभर प्रवेश नदिएपछि पत्रकारहरुले उक्त दिनको बेलुका ५, बजेर १५ मिनेटमा मुख्य गेटमा धर्नामा बस्नुपरेको थियो । धर्ना पछी पत्रकारहरुलाई समाचार संकलनमा खुला गरेको थियो । सिरहाको निर्वाचन क्षेत्र नं २ को मतगणना जिल्लाको सबै भन्दा पछि सकिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान,पुष १५ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले राहतस्वरूप दलित तथा विप ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज १४ पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम ...

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१