Siraha Times
ताजा समाचार

सिरहाको लहानमा ३१ औं लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान

  • मंसिर ९, २०७९
  • १२०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ९ मंसिर - ३१ औं लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान सिरहाको लहानमा सुरु भएको छ। सभ्य समाजको पहिचान लैङ्गकि हिंसा विरुद्धको अभियान मुल नाराको साथ कार्यक्रम कार्यक्रम सुरु भएको छ्। महिला हिंसा न्यूनीकरण गर्नको लागी सिरहाको लहानमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्।लहान नगरपालिकाले आयोजना गरेको कार्यक्रममा हजारौं महिना अधिकारकर्मीहरुको उपस्थिति रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शखाको प्रतिनिधि अन्जना कुमारी साहले बताए। महिला अधिकारकर्मी तथा महिला बालबालिका शखा संयोजक अशा कुमारी महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरपालिकाको प्रमुख महेश प्रसाद चौधरी रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा लहान नगरपालिका उप-प्रमुख तथा न्यायीक समितिका संयोजक राम चलितर महतो रहनु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य महिला अधिकारकर्मि तथा ओरेक नेपालका प्रतिनिधि नितु बछारले राखेका थिए।देशमा हुने गरेको महिला हिंसा न्यूनीकरण गर्नको लागी हजारौंको संख्यामा महिलाहरुले नगर भरि रयाली प्रदर्शन गरी महिला हिंसा बन्द गर, महिलाको अधिकार सुनिस्चित गर, महिला माथी गरेको स्वस्न अत्याचार बन्द गर लगायतका नारा लगाउदै प्रदर्शन गरेको थियो। नगर प्रमुख चौधरीका अनुसार देशमा महिला हिंसा पुरुष भन्दा महिला बाटै हुने गरेको भन्दै महिला हिंसाको मुल जरा महिला नै रहेको बताए।न्यायीक समितिका संयोजक महतोका अनुसार अशिक्षाको कारण दिनानुदिन महिला हिंसाको घटना घटना बढदै गएको चर्चा गरेका थिए।हिंसा न्यूनीकरण गर्न लहान नगरपालिका समेत यहाँहरुको साथ र सहयोग गर्ने बताए।महिला हिंसा विरुद्धको अभियान निरन्तर १६ दिन सम्म जारी रहने रिकमा बिश्वकर्मा र शर्मिला पोखरेलले जनाए।

 

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१