Siraha Times
ताजा समाचार

लघुबित्तिय साक्षरता कार्यक्रम सम्पन्न

  • मंसिर १, २०७९
  • ८७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल  मंसिर १ । सिराहाको लक्ष्मीपुरमा मिथिला लघुबित्तकाे साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मिथिला लघु वित्त लक्ष्मीपुर शाखाद्वारा आयोजित कार्यक्रममा प्रमुख अथिति विष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्य नारायण यादव, बिशिष्ट अथिती जय नाथ महतो, अथितिहरूमा रामबाबु यादव, राजाराम यादब लगायत आमन्त्रित विभिन्न बैंकका कर्मचारीहरु समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा वक्ताहरुले लघु वित्तले आर्थिक क्षेत्रमा परनिर्भरता घटाउनमा महत्वपूर्ण भुमिका खेल्दै आएको अवस्था रहेको बताएका छन् । मिथिला लघुबित्त बित्तीय संस्था लि. ले आर्थिक क्षेत्रमा लागानी मात्र नगरेर समाजिक रूपमा छरिएर रहेका पुँजीलाई एकत्रित गरेर स्थानिय स्तरमा परनिर्भरता घटाउनमा ठूलो योगदान गरेको स्थानीयको ठहर रहेको छ । कार्यक्रममा लहान पडरिया अनुगमन वित्तीय अधिकृत जितेन्द्र महतोले " हाम्रो संस्था कर्जा लगानी गर्ने बैंक मात्र नभई समाज रुपान्तरणको लागि समेत लगानी गर्दै आएको भरपर्दो वित्तीय संस्था भएको " बताए । कार्यक्रममा बिभिन्न लक्षित कार्यक्रमहरु केरा खेती तालिम, चुरा , लहठी बनाउने तालिम,मुढा बनाउने तालिम,साक्षरता अभियान,सहुलियत दरमा इन्डेक्स चुल्हो बितरण जस्ता लगायतका कार्यक्रमहरु संचालन भएको र यसले समुदायमा पारेको प्रभावको बारेमा विशेष चर्चा परिचर्चा गर्दै वितिय कारोवार कसरी गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने विषय वस्तुमाथि व्यापक छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१