Siraha Times
ताजा समाचार

सिमा नाका शिल गर्ने प्रशासनको सूचना जारी

  • कार्तिक २९, २०७९
  • ९९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक २९ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि मंसिर चार गतेलाई लक्षित गर्दै छिमेकी राष्ट्र भारतबाट अवैध रुपमा आवत जावतलाई रोक्नका लागि सीमा नाकाहरु शिल हुन थालेका छन् । निर्वाचनलाई स्वच्छ , निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसंग सीमा जोडिएका कञ्चनपुर जिल्लाका संपूर्ण सिमानाकाहरु मंसिर १ गतै राती १२.०० बजेदेखि मंसिर ४ गते राती १२.०० सम्मका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्लामा भारतीय नाकाबाट आम मानिसको आवत जावत भई उत्पन्न हुनसक्ने परिस्थितिलाई विचार गर्दै सीमा नाकाहरू बंद गरिने भएको हो । कञ्चनपुरको सुरुक्षा व्यवस्थालाई कायम गर्नका निम्ति प्रशासनले लिएको निर्णयलाई जिल्ला बासीहरुले सकारात्मक रूपमा लिएको बुझिएको हो ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१