मतदाता शिक्षा सम्बन्धि साक्षात्कार तथा आन्तर्किया कार्यक्रम

  • कार्तिक २६, २०७९
  • ९२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल सप्तरी, कार्तिक २६ गते । बलानबिहुल मल्हनिया १ मा वडास्तरिय मतदाता शिक्षा सम्बन्धि समुहिक साक्षात्कार तथा आन्तर्किया कार्यक्रम गापा अध्यक्ष खेम्चान्द यादव को आध्यक्षतामा सम्पन भएको छ । कार्यक्रममा मातदानको विषयमा निम्न बुन्दामा अन्तरर्किया भएका छ्न । मतदान गर्ने तरिकाको बारेमा जानकारी गराई मतदान गर्न सहज बनाउन तथा बढीभन्दा बढी मत सदर होस भन्ने अभिप्रायले निर्वाचनको अवधिमा निर्वाचन व्यवस्थापन निकायबाट सञ्चालन गरिने शिक्षा, मतदानमा बढीभन्दा बढी मतदाताको सहभागिता गराउने। सुसूचित मतदाता तयार पार्ने ।

आधारभूत् मानव अधिकार र मताधिकारको सम्बन्धको बारेमा जानकारी गराउन, मतदाताको भूमिका, जिम्मेवारी र अधिकार र कर्तव्यको बारेमा सजग बनाउन, लोकतन्त्र र निर्वाचनबीचको अन्तरसम्बन्ध, लोकतान्त्रिक निर्वाचनका मान्यताहरु, मतको गोपनीयता, प्रत्येक मतको महत्व, मतदान गर्ने तरिका आदि विषयमा मतदातालाई जानकारी गराइने । मतदाता शिक्षा कार्यक्रम मतदाता शिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न मतदाता शिक्षा कार्यक्रम निर्देशिका, २०७९ कार्यान्वयनमा रहेको, • मतदाता शिक्षा कार्यक्रम र सामग्री निर्वाचन आयोगले तयार गरी उपलब्ध गराउने, कार्यक्रम कार्यान्वयनमा स्थानीय तहको सहभागिता रहने, कार्यक्रम तर्जुमा तथा अनुगमनको लागि आवश्यक संयन्त्रको व्यवस्था गरिएको ।

निर्वाचन शिक्षा • आम नागरिकलाई लोकतन्त्र, निर्वाचन तथा शासकीय व्यवस्थाका बारेमा सामान्य जानकारी प्रदान गरी लोकतन्त्रको सम्बर्धन एवं निर्वाचनमा अर्थपूर्ण सहभागिताका लागि सञ्चालनमा ल्याइने शिक्षा, नागरिक शिक्षाको एक अङ्गको रुपमा लिइने, निरन्तर शिक्षा । मतदाता शिक्षा समन्वय समिति (स्थानीय तह स्तर को काम, कर्तव्य र अधिकार आफ्नो क्षेत्रभित्र वडा स्तरमा संचालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि आयोगबाट उपलब्ध मतदाता शिक्षा सामग्रीहरु सम्बन्धित वडास्तरका समितिलाई उपलब्ध गराउने। सामुदायिक संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठक आयोजना गरी मतदाता शिक्षा बारे जानकारी दिने र सम्बन्धित विद्यालयको कक्षामा मतदाता शिक्षा बारे जानकारी दिने व्यवस्था मिलाउने। आफ्नो क्षेत्रभित्रका सबै वडाहरुमा संचालन भएका मतदाता शिक्षा कार्यक्रमको नियमित अनुगमन गरी सम्बन्धित निर्वाचन कार्यालयमा प्रतिवेदन गर्ने । • वडामा संचालन हुने मतदाता शिक्षा समुदायस्तर-घरदैलो कार्यक्रमका लागि वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट न्यूनतम एसईई (एस.एल.सी.) उत्तिर्ण गरेका एकजनालाई तोक्ने । मतपत्रमा संकेत गरी मतपेटिकामा मतपत्र खसाउने ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा ४ वटा मतपत्रको प्रयोग हुने प्रतिनिधि सभा सदस्यमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ निर्वाचन चिन्ह र अन्य विवरण सेतो पृष्ठभूमिमा रातो रंगले छापिएको 'मतपत्र समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचन चिन्ह र अन्य विवरण सेतो पृष्ठभूमिमा कालो रंगले छापिएको मतपत्र प्रदेश सभा सदस्यमा ● पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ निर्वाचन चिन्ह र अन्य विवरण सेतो पृष्ठभूमिमा रातो रंगले छापिएको मतपत्र समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचन चिन्ह र अन्य विवरण सेतो पृष्ठभूमिमा कालो रंगले छापिएको मतपत्र मतदानको महत्व • आफ्नो प्रतिनिधि छनोट गर्न पाउने। आफ्ना प्रतिनिधि मार्फत् शासन सञ्चालनमा सहभागिता जनाउने। आवधिक निर्वाचनको माध्यमबाट लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण र निरन्तरता प्रदान गर्ने।

निर्वाचनको माध्यमबाट सरकारलाई जनताप्रति बढी जिम्मेवार र जवाफदेही बनाउने। लोकतन्त्रको संस्थागत विकास र सम्बर्द्धन गर्ने। सरकारलाई जवाफदेही बनाउने । मतदान प्रक्रिया . महिला र पुरुषको लागि तोकिएको अलग अलग लाईनमा लाग्ने। गर्भवती अपाङ्गता भएका व्यक्ति अशक्त जस्ता मतदाताले लाइनमा लाग्नु नपर्ने व्यवस्था मिलाइएको, मतदाताले परिचयपत्र देखाएर आफ्नो नाम मतदाता नामावलीमा छ छैन भनी रुजु गराउने। बायाँ हातको बुढी औलाको नङमा मसी लगाउने, प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको मतपत्र लिने। मतसङ्केत गर्ने गोप्य कक्षमा गई मतपत्रमा मतसंकेत गरी मसी नलत्पतिने गरी पट्याएर १ लेखिएको मतपेटिकामा खसाउने। प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र लिने।

प्रतिक्रिया दिनुहोस

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१