ताजा समाचार

सामाजिक सुरक्षा भत्ता गाउँमा वितरण स्थानिय खुशी

  • कार्तिक २४, २०७९
  • १०७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक २३ । भौगोलिक रूपमा विकट सिराहा जिल्लाको धनगढीमाई वडा नं १४ मा समाजिक सुरक्षा भत्ता वडा कार्यालयमा वितरण हुन थालेपछि स्थानिय खुशी भएका छन् । विगत करिव चार वर्षदेखि सास्ती भोग्दै आएको स्थानियलाई नव निर्वाचित वडा अध्यक्ष अमित ठकुरीले घर र गाउँमा रहेको वडा कार्यालय भवनको परिसरमा सबै किसिमका सामाजिक सुरक्षा भत्ता वितरण थालेपछि स्थानिय वृद्ध वृद्धा लगायत खुशी भएको समाजसेवी गोकुल पोखरेल बताउनुहुन्छ । समाजमा अत्यन्तै घुलमिल भई आम जनताको समस्यालाई नजिकबाट बुझेर समाधानको उपायहरू खोज्न तत्पर रहने ठकुरी निर्वाचित भएपछि सामाजिक सुरक्षा भत्ताको लागि करिब ४ घण्टाको पैदल यात्रा तय गर्नुपर्ने बाध्यता हटेको स्थानिय समाजसेवीहरुको भनाई रहेको पाईन्छ । विगतमा नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता काे लागि सरकारले अनावश्यक झन्झट दिँदै आएको अवस्थामा भत्ता भन्दा खर्च ज्यादा लाग्ने गरेको थियो भने अर्कोतिर हिँड्न नसक्ने बुबा आमालाई बोकेर बैंक सम्म ल्याउन र लैजानका लागि सास्ती खेप्दै आएको अवस्थामा वडा अध्यक्ष अमित ठकुरीले स्थानिय टोल बस्तीमा सामाजिक सुरक्षा भत्ता वितरण थालेपछि स्थानिय खुशी भएका हुन् । वडाको बिहीबारेमा रहेको वडा कार्यालय भवनबाट भत्ता वितरण थालेपछि स्थानियलाई एकातिर बिना झन्झट भत्ता प्राप्त गर्न सहज वातावरण भएको छ भने अर्कोतिर आवत जावतमा सहजता महसूस हुनुका साथै खर्च समेत बचेको वडा सदस्य कुल बहादुर राउतले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤