डा. गुप्ताको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक : शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकता

  • कार्तिक २३, २०७९
  • ७०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगन्ज,२३ कार्तिक : पर्सा क्षेत्र नं. ३ (ख) मा प्रदेशसभा सदस्य उम्मेदवार डा. मधु गुप्ता कुर्मीको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक भएको छ ।वीरगन्ज स्थित नेपाल पत्रकार महासंघको सभाहलमा बुधबार बिहान आयोजित कार्यक्रममा जसपाङएमाले गठबन्धनकी साझा उम्मेदवार डा. गुप्ताले आफनो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी हुन् । डा. गुप्ताले आफ्नो प्रतिवद्धताको पहिलो बुँदामै अधिकार आन्दोलनका शहिद तथा घाइते प्रति उच्च सम्मान र उनीहरूका परिवारका लागि शिक्षा, रोजगारी र जीवनयापनको योजना ल्याइने बताएकि छन् । सुशासन प्रत्याभूतिलाई शासनको मुख्य आधार बनाउने र त्यसका लागि आवश्यक नीति तथा नियम निर्माणमा सक्रिय रहने उनले बताएकी छन् । पारदर्शितामा आधारित योजनाको प्रवद्र्धन, विकास निर्माणका योजनामा स्थानीय सहभागितामार्फत प्रभावकारिताको वृद्धि र सार्वजनिक सेवालाई सहज र प्रभावकारी बनाइने डा. गुप्ताको प्रतिबद्धता पत्रमा उल्लेख छ । पर्साका बासिन्दालाई सार्वजनिक सेवामा सहजताका लागि पर्साको पोखरियामा जिल्ला प्रशासन र मालपोत कार्यालयको सेवा केन्द्र खोलिने ,समृद्धिको सूत्राधार शिक्षामा सबैको समान पहुँच र अधिकारको प्रत्याभूति गरिने , शिक्षामा छोरीको समान सहभागिताको लागि छात्रामैत्री शैक्षिक प्रणालीको व्यवस्था मिलाइने र कन्या विद्यालयको स्थापना गरिने प्रतिवद्धता डा. गुप्ताले गरेकि छन् । सामुदायिक विद्यालयको स्तारोन्नति, र दरबन्दीअनुसार शिक्षक तथा कर्मचारी आपूर्ति गरिने र उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षाको नीतिगत प्रबन्ध मिलाइने पनि उल्लेख छ । उच्च शिक्षा अध्ययनका लागि पूर्वाधार तयार गरिने गुप्ताले बताएकि छन् ।

प्रतिबद्धता पत्रमा स्वास्थ्य र सरसफाईलाई पनि प्राथमिकतामा राखिएको छ । पोखरिया अस्पतालको स्तरोन्नति गरी उपक्षेत्रीय अस्पतालमा रुपान्तरण गरिने, स्वास्थ्य चौकीमा दरबन्दीअनुसार जनशक्ति र औषधी उपलब्धता, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा सहुलियतलाई स्वास्थ्यका आधारको रुपमा अघि सारिएको छ । सहज र सुलभ स्वास्थ्यको ग्यारेन्टी गर्न स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने नीतिको प्रबन्ध गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ । स्वास्थ्यको पूरक मानिएको सरफाई र ढल निकासको गुरुयोजना तयार पारी कार्यान्वयनमा ल्याइने र विपन्न परिवारलाई शौचालय निर्माणमा सहयोगको योजना ल्याउने प्रतिबद्धता गुप्ताको छ ।प्रतिवद्धता पत्रमा ‘कृषिको आधुनिकीकरण, आयको मुख्य आधार’ लाई नाराको रुपमा अघि सारिएको छ । आधुनिक कृषिका लागि मलखाद, बीउ र सिंचाईलाई प्रभावकारी बनाउने भनिएको छ । कृषिको व्यावसायीकरण, कृषकलाई परम्परागत खेतीको सट्टा बढी नाफामूलक खेतीमा प्रोत्साहन, ग्रामीण क्षेत्रलाई तरकारी र दूग्ध उत्पादनको केन्द्र बनाइने, अत्याधुनिक चिस्यान केन्द्र सञ्चालनजस्ता एजेण्डा पनि चुनावी प्रतिवद्धतामा समेटिएका छन् । सडकलाई भौतिक विकासको आधारको रुपमा अघि सार्दै सडक सञ्जालको विस्तार तथा स्तरोन्नति र यसका लागि पर्याप्त बजेटको व्यवस्था गरिने भनिएको छ । पर्साको बहुअर्वादेखि पोखरियासम्म चार लेन सडक निर्माणलाई प्राथमिकतामा राखिने भएको छ ।

सार्वजनिक यातायातलाई सहज र सुलभ बनाउने नीतिका लागि पहल र सडक पूर्वाधार विस्तारका लागि सरोकारका पक्षसित प्रभावकारी समन्वय र नीति नियमका लागि सशक्त पैरवी गरिने विषयलाई पनि प्रतिवद्धताले समेटेको छ ।व्यवस्थित सहरीकरणका लागि ग्रामीण क्षेत्रलाई शहरी पूर्वाधारयुक्त बनाउँदै वस्ती विकासको व्यवस्थित योजना कार्यान्वयनमा ल्याइने भएको छ । नमूना शहरको योजना कार्यान्वयन, सूचना र प्रविधिको प्रवद्र्धन, गुणस्तरीय विद्युत्, सञ्चार र प्रविधिको विस्तारलायतका पक्षलाई पनि समेटिएको छ । प्रतिवद्धतामा भोजपुरी भाषाको प्रवद्र्धन नीति, क्षेत्रका मठ, मन्दिर र मस्जिदलाई व्यवस्थित तुल्याउनेदेखि पोखरीहरूलाई व्यवस्थित गरी पर्यटकीय स्थल बनाइने योजना राखिएको छ । युवा, रोजगारी र खेलकुदतर्फ युवा जनशक्तिलाई सीपमूलक तालीम र रोजगारीको अवसर, उद्योग र व्यापारको प्रवद्र्धनमार्फत रोजगारी र आयको सृजना, रोजगारीमूलक उद्योगलाई प्रवद्र्धन गरिने प्रतिबद्धता पत्रमा भनिएको छ । महिलालाई उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउन नीति नियम बनाउने र भएका ऐन कानूनको प्रभावकारी कार्यान्वयनका लागि सशक्त पहललाई पनि प्राथमिकतामा राखिएको छ । विभिन्न खेलकुद प्रतियोगिता र पूर्वाधार निर्माणलाई पनि प्रतिवद्धताले प्राथमिकतामा राखेको छ । जसपाका राजनीतिक समिति सदस्य एंव निवर्तमान सांसद हरिनारायण रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा एमालेकी केन्द्रिय सदस्य निर्मला देवकोटा , पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव , ३ को (ख) का अध्यक्ष पवन सिंह लगायतको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१